फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत पाकिस्तान युद्धविराम स्वागतयोग्य

(GMT+08:00) 2013-12-18 19:25:16
          भारत तथा पाकिस्तानले कश्चिमर नियन्त्रित क्षेत्र वरिपरि युद्धविरामलाई साकार तुल्याउनका लागि गरेको प्रयासको चीनले स्वागत गरेको छ। उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयीङले आज आयोजित पत्रकार सम्मेलनमा भन्नुभएको हो।

          प्राप्त जानकारी अनुसार, आगामी हप्तामा भारत तथा पाकिस्तानका सैन्य पदाधिकारी बीच वार्ताको आयोजना हुने भएको छ। उक्त वार्तामा कश्मिर नियन्त्रित रेखा वरिपरि युद्धविरामलाई साकार तुल्याउन प्रयास गरिने छ। यस सम्बन्धमा पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता ह्वाले शान्ति वार्तामार्फत नै भारत तथा पाकिस्तानले विद्यमान मतभेदको समाधान गर्ने र त्यसलाई चीनले समर्थन गर्ने बताउनुभयो। साथै उहाँले भारत तथा पाकिस्तान सम्बन्धको सुधार यस क्षेत्रको शान्ति, स्थिरता तथा विकासको लागि महत्वपूर्ण भएको स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह