फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा ठूला पर्यावरणीय परियोजनामा जोड

(GMT+08:00) 2013-12-19 10:08:03

           चीनका प्रधानमन्त्री ली ख छ्याङले हिजो अठार तारिख राज्य परिषदको कार्यकारी बैठकको अध्यक्षता दिनुभएको छ। सो अवसरमा उहाँले छिङ हाइ सन च्याङ युआन पर्यावरणीय संरक्षण गर्ने, कान सु प्रान्तको राष्ट्रिय पर्यावरणीय सुरक्षा अवरोधको परीक्षण क्षेत्रको निर्माण गर्ने, पैचिङ-थ्यान चिन बालुवा स्रोत हटाउने, चीनका पहिला पाँच वटा पोखरीको जल वातावरणको समाधान गर्ने आदि ठूलो पर्यावरणीय परियोजना कार्यको निर्देशन दिनुभयो।

            सम्मेलनमा पारित भएको "छिङ हाइ सान च्याङ युआन पर्यावरणीय संरक्षण र निर्माण परियोजनाको दोस्रो चरण योजना"का अनुसार, समाधान गर्ने क्षेत्रफल पहिलाको एक लाख 52 हजार वर्ग किलोमिटरदेखि तीन लाख 95 हजार वर्ग किलोमिटरसम्म बढेको छ। जसले पर्यावरणीय संरक्षण र निर्माणको आधारलाई बलियो बनाएर मूलबाट पर्यावरण पतन हुने प्रवृत्तिलाई अवरुद्ध गर्नेछ।

          साथै सम्मेलनमा पारित भएको "कान सु प्रान्तले राष्ट्रिय पर्यावरणीय सुरक्षा अवरोधको परीक्षण क्षेत्र निर्माण गर्न बढाउने समष्टिगत योजना"का अनुसार, जलस्रोतको बचत र उचित प्रयोगमा ध्यान दिनुपर्छ। साथै औद्योगिक संरचनाको अनुकूल हुनेगरी पर्यावरण संरक्षणको निर्माण र वातावरणको शासनलाई बढाएर उत्तर-पश्चिमी चीनको पर्यावरणीय संरक्षणको आधार निर्माण गर्नेछ।

          साथै पैचिङ-थ्यान चिन बालुवा स्रोत हटाउने, चीनका पहिला पाँचवटा पोखरीको जल वातावरणको समाधान गर्ने आदि योजना पनि सम्मेलनमा पारित भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह