फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"दक्षिणी सिल्क रोड"को पुनःरुत्थानमा चार मुलुकद्वारा छलफल

(GMT+08:00) 2013-12-19 10:18:53

        बंगलादेश, चीन, भारत र म्यामार आर्थिक कोरिडरसम्बन्धी संयुक्त कार्यदलको पहिलो सम्मेलन हिजो अठार तारिख खुन्मिङमा आयोजना भएको छ। सहभागी चार मुलुकका प्रतिनिधिले आर्थिक कोरिडरलाई व्यवहारिक बनाउन प्रस्ताव प्रस्तुत गरेका छन्। त्यसबाट चौध वर्षसम्म चलिएको बंगलादेश, चीन, भारत र म्यामार आर्थिक कोरिडरको निर्माण कार्य व्यावहारिक संचालन चरणमा प्रवेश भएको अर्थ लागेको छ।

        सन् 1999 मा बंगलादेश, चीन, भारत र म्यामार चार मुलुकका विद्वानले चीनको युननान प्रान्तमा "खुन्मिङ सम्झौता"मा हस्ताक्षर गरेका थिए। त्यसपछि सन् 2011 युननानले खुन्मिङ-मान्डालेइ-ढाका-कोलकाता आर्थिक कोरिडर निर्माण गर्ने प्रस्ताव औपचारिक रुपमा प्रस्तुत गरेको थियो।

        बंगलादेश, चीनको युन नान प्रान्त, म्यामार तथा पूर्वी तथा उत्तर-पूर्वी भारत उक्त आर्थिक कोरिडरमा समावेश छन् र कूल क्षेत्रफल सोह्र लाख पचास हजार वर्ग किलोमिटर पुगेको छ। सो क्षेत्रले चालीस करोड जनसंख्या ओगटेको छ। बंगलादेश, चीन, भारत र म्यामार आर्थिक कोरिडरले चीनको आशियान स्वतन्त्र व्यापार क्षेत्र, आशियानको भारत स्वतन्त्र व्यापार क्षेत्र, आशियान स्वतन्त्र क्षेत्र जोडेर विश्वका सबभन्दा ठूलो तथा शक्तिशाली स्वतन्त्र व्यापार क्षेत्र बन्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह