फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानमा रहेको अमेरिकी सेनाको क्याम्पमाथि आक्रमण

(GMT+08:00) 2013-12-19 10:29:38

        अफ्गानिस्तानी तालिबान सशस्त्र शक्तिले हिजो अठार तारिख पूर्वी अफ्गानिस्तानी नान गर्हार प्रान्तमा पर्ने अमेरिकी शैनको आधारभूत बस्तोबस्तीमाथि आक्रमण गरेको छ। सो आक्रमणबाट एक स्थानीय प्रहरी र दुई आक्रमणकारीको मृत्यु भएको छ।

        अफ्गानिस्तानी सुरक्षा सैनिकका अनुसार, आक्रमणमा परेको अमेरिकी शैनको आधारभूत बस्तोबस्ती अफ्गानिस्तान र पाकिस्तानबीचको सीमा क्षेत्रमा पर्छ। हिजो बिहान साढे पाँच बजेतिर चार पाँच जना सशस्त्र शक्तिले सो अमेरिकी शैनको आधारभूत बस्तोबस्तीमाथि आकस्मिक आक्रमण गरेका थिए र त्यसपछि दुई पक्षबीच गोली हानाहान भएको थियो। जसबाट एक स्थानीय प्रहरी र दुई आक्रमणकारीको मृत्यु हुनुका साथै अरु तीनजना अफ्गानिस्तान प्रहरी घाइते भएका थिए।

        आक्रमण भएपछि सो क्षेत्रको पाकिस्तान र अफ्गानिस्तानसँग जोड्ने नाकाको मुख्य आपूर्ति बाटो बन्द भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह