फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय कुटनीतिक व्यक्ति पक्राउपछि पनि अमेरिका भारत सम्बन्धमा असर नगर्ने अमेरिकाको भनाइ

(GMT+08:00) 2013-12-19 10:00:30

         अमेरिकी विदेश मन्त्री जोह्न केरीले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग टेलिफोन वार्ता गर्नुभएको छ। अमेरिकी राज्य परिषदका अनुसार, टेलिफोन वार्तामा न्यूयोर्कका लागि भारतीय उप महावाणिज्यदूत देवयानी खोब्रागाडेलाई पक्राउ गरिएकोमा विदेश मन्त्री केरीले दुःख प्रकट गर्नुभयो। उहाँले सो घटनाले अमेरिका र भारत बीचको घनिष्ट मैत्री सम्बन्धलाई प्रभाव नपार्ने बताउनुभयो।

         अमेरिकी ह्वाइट हाउसका प्रवक्ता जे कार्नीले भारतीय कुटनीतिक व्यक्ति पक्राउ परेको घटनाले भारतलाई संवेदनशील बनाएको अमेरिकाले बुझेको बताउनुभयो। उहाँले त्यस घटनाले अमेरिका र भारत बीचको घनिष्ट सम्बन्धलाई कुनै असर नपारेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह