फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको चोमोलाङमा क्षेत्रमा हिम-चितुवाको संख्यामा बृद्धि

(GMT+08:00) 2013-12-19 16:01:04

        तिब्बतको चोमोलाङमा राष्ट्रिय प्राकृतिक आरंक्षण क्षेत्रको व्यवस्थापन व्यूरोले जनाएअनुसार, तिब्बतको चोमोलाङमा क्षेत्रमा हिम-चितुवाको संरक्षण प्रभावकारी रुपमा अगाडि बढेको छ।

        सन् 1988मा तिब्बत स्वायत प्रदेशले चोमोलाङमा प्राकृतिक आरंक्षण क्षेत्रको स्थापना गरेको थियो। सन् 1994 मा सो आरंक्षण क्षेत्र राष्ट्रिय प्राकृतिक आरंक्षण क्षेत्र बनेको थियो। उक्त आरंक्षण क्षेत्र स्थापना भएको बीस वर्षमा सो क्षेत्रमा पाइने जनावरहरुको प्रभावकारी रुपमा संरक्षण गरिएको छ। त्यस क्षेत्रमा पाइने हिम-चितुवाको संख्यामा बृद्धि भएको छ। हिम चितुवा विश्वबाटै लोपोन्मुख जङ्गली जनावर हो।

       भविश्यमा चोमोलाङमा क्षेत्रले हिम-चितुवाको संरक्षणमा केन्द्रीय भूमिका निर्वाह गर्दै जैविक विविधता अनुगमन प्रणालीको स्थापना गर्ने र हिम-चितुवाको संरक्षण तथा वैज्ञानिक अनुसन्धान चौतारो स्थापना गर्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह