फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ लगानीमा निर्माण हुने उपल्लो मर्स्याङ्दी 'ए' को जलविद्युत आयोजनाको बाँध निर्माण शुरु

(GMT+08:00) 2013-12-19 19:06:03

         लमजुङको उत्तरी गाविस भुलभुलेमा निर्माणाधीन 50 मेगावाट क्षमताको उपल्लो मर्स्याङ्दी ए जलविद्युत् आयोजनाले बाँध निर्माण सुरु गरेको छ। भुलभुले 5 ङादी दोभानमा मर्स्याङ्दी नदीको पानी थुनेर सुरुङमार्फत पठाएपछि बाँध निर्माण सुरु भएको हो। यो आयोजना नेपालमा चिनियाँ निजी कम्पनीको लगानीमा निर्माण हुने पहिलो जलविद्युत आयोजना हो।

         6 महिनाभित्र बाँध निर्माण सकिने आयोजनाले जनाएको छ। त्यसका लागि ङादी दोभानबाट करिब 2 सय 14 मिटर लामो सुरुङमार्फत पानी डाइभर्सन गरिएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक भएलगत्तै बाँध निर्माण सुरु गरेको हो। बाँध 9 सय 5 मिटर उचाइको हुने छ भने मुख्य सुरुङ करिब 4 हजार 9 सय 43 मिटर लम्बाइ तथा 5 दशमलब 6 मिटर गोलाकार हुने छ। बाँधस्थलबाट 6 दशमलब 5 किमि टाढा भुलभुले 3 मा विद्युत् गृह निर्माणाधीन छ।

         चिनियाँ दूतावासका सहायक प्रमुख चेङ ची, विद्युत् विकास बोर्डका महानिर्देशक डिल्लीबहादुर शाही र सभासद जमिन्द्रमान घलेले गत सोमबार संयुक्त रूपमा बाँध शिल्यान्यास गर्नुभएको थियो। चिनियाँ कम्पनी सिनो हाइड्रोको 90 प्रतिशत र स्वदेशी सगरमाथा हाइड्रोपावर कम्पनीको 10 प्रतिशत लगानीमा आगामी 25 महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। 11 महिनाअघि काम थालिएको आयोजनाले पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ। अब तत्काल मेकानिकल र हाइड्रोमेकानिकल तर्फको काम सुरु गरिने जनाएको छ। चीनले नेपालको जलविद्युतमा लगानी गरेको यो पहिलो आयोजना हो। यसमा सिनो होइड्रोको निजी लगानी हुने छ।

         आयोजनामा 25/25 मेगावाट क्षमताका 2 टर्वाइन जडान हुने सगरमाथाका निर्देशक हर्षमान श्रेष्ठले बताउनुभयो। रन अफ द रिभर प्रविधिमा बन्न लागेको उक्त आयोजना निर्माणका लागि करिब 12 अर्ब रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ। आयोजनाले छरछिमेक कार्यक्रमका लागि डेढ करोड खर्च गर्ने प्रतिबद्धता जनाएको छ।

        आयोजनामा हाल 4 सयभन्दा बढी कर्मचारी र मजदुर कार्यरत छन्। केही दिनमा 2 सय 50 कामदार थप्ने योजना छ। बन्द, हडताललगायत अवरोध नभए समयमै निर्माण पूरा हुने अपेक्षा छ। यस आयोजनाले दुई देशबीचको सम्बन्धलाई प्रगाढ पार्ने दूतावासका सहायक प्रमुख चेङ चीले बताउनुभयो। चीनले सधैँ नेपालको आर्थिक समृद्धि चाहेकाले जलविद्युतका माध्यमबाट समुदायको जीवनस्तर उकास्न लगानी थालेको कान्तिपुर अनलाइनले उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह