फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी वर्ष एशिया तथा प्रशान्त क्षेत्रमा आर्थिक बृद्धिदर मन्द हुने

(GMT+08:00) 2013-12-20 10:02:29

        संयुक्त राष्ट्र संघको एशिया तथा प्रशान्त आर्थिक तथा सामाजिक समितिले हिजो उन्नाइस तारिख वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनले आन्तरिक तथा वाह्य प्रभावले सन् 2014 मा एशिया तथा प्रशान्त क्षेत्रका विकासोन्मुख मुलुकको आर्थिक बृद्धिदर मन्द रहने उल्लेख गरेको छ।

        प्रतिवेदनमा सन् 2014 मा एशिया तथा प्रशान्त क्षेत्रका विकासोन्मुख आर्थिक समुदायको आर्थिक बृद्धि दर 5.6 प्रतिशत हुने अनुमान गरिएको छ। उक्त संख्या सन् 2013 को 5.2 प्रतिशतभन्दा बढी भए पनि चालु वर्षको सुरुमा समितिले अनुमान गरेको 6.0 प्रतिशतकोभन्दा कम हो।

        विकसित मुलुकको आर्थिक पुनःरुत्थान ढिलो भएको, नैतिक अनिश्चितता र व्यापारिक संरक्षण आदिले एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक विकासमाथि प्रभाव पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ। फराकिलो आन्तरिक बजाररहित चीन, भारत र इन्डोनेशिया आदि एशिया तथा प्रशान्त क्षेत्रका मुख्य आर्थिक समूहले केही वर्षदेखि बलियो बृद्धि प्रवृत्ति कायम राखे पनि चालु वर्ष आर्थिक वृद्धिदर मन्द हुने संकेत देखिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह