फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाबीचमा मतभेदभन्दा साझा हित बढेको प्रधानमन्त्री ली ख छ्याङको भनाइ

(GMT+08:00) 2013-12-20 10:03:31

        चीनका प्रधानमन्त्री ली ख छ्याङले हिजो उन्नाइस तारिख पैचिङमा अमेरिकाका वाणिज्यमन्त्री पेनी प्रिज्कर, व्यापारिक प्रतिनिधि माइकल फ्रोमन र कृषिमन्त्री थोमस भिल्साकसँग भेट गर्नुभयो। पैचिङमा आयोजित चीन-अमेरिका चौबीसौँ व्यापार सम्मेलनमा भाग लिनका लागि उहाँहरु चीन भ्रमणमा रहनु भएको हो।

        सो अवसरमा प्रधानमन्त्री लीले चीन-अमेरिका दौत्य सम्बन्ध स्थापना भएको पैँतीस वर्षदेखि सहयोग विस्तार हुँदैआएको बताउँदै यसबीचमा दुईदेशबीचमा मतभेदभन्दा साझा हित बढेको बताउनुभयो। दुई पक्षले दीर्घकालबाट सहयोगलाई बढाएर स्वस्थ तथा स्थिर विकासलाई प्रबर्द्धन पार्ने आशा आफूले लिएको पनि उहाँले व्यक्त गर्नुभयो। आर्थिक तथा व्यापारिक सहयोग नै चीन-अमेरिका सम्बन्धको सबभन्दा महत्वपूर्ण विषय रहेको भन्दै दुई पक्षले आपसी पूरक विषयलाई सहयोगी गुणस्तर र स्तरलाई उकास्नुपर्ने कुरामा प्रधानमन्त्री लीले जोड दिनुभयो।

        प्रत्युत्तरमा अमेरिकी तीन जना मन्त्रीले अमेरिका-चीनबीचको बलियो आर्थकि सम्बन्ध कायम राख्नु नै दुवै पक्षका लागि महत्वपूर्ण भएको बिचार राख्नुभयो। अमेरिकाले चीन र चिनियाँ जनतालाई सम्मान दिनुका साथै चीनसँग खुला भएर विभिन्न क्षेत्रको सहयोगलाई बढाउने इच्छा लिएको उहाँहरुले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह