फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

देवयानीको गिरप्तारपछि अमेरिका र भारत बीच मतभेद चर्किदै

(GMT+08:00) 2013-12-20 10:04:08

         न्युयोर्कका लागि भारतीय उप महावाणिज्यदूत देवयानी खोब्रागाडे पक्राउ परेपछि अमेरिका र भारत बीच मतभेद चर्किएको छ।

         न्युयोर्कका न्यायाधिवक्ताले देवयानी अमेरिकी कानूनबाट भाग्न खोजेको बताउनुभयो। उहाँले केही सञ्चार माध्यमले देवयानीलाई गिरप्तार गरिएको विषयलाई गलत प्रचार गरेको पनि जनाउनुभयो।

         घरमा काम गर्ने श्रमिकलाई भारतबाट अमेरिका लाँदा गतल विवरण पेश गरेर भिसा दिलाएको र ती श्रमिकलाई अमेरिकी कानून अनुसार न्यून पारिश्रमिक तोकिएको तथा पारिश्रमिकको भुक्तानी पनि ढिलो गरिएको आरोप देवयानीमाथि लगाइएको छ।

         भारतीय विदेश मन्त्री सलमान खुर्सेदले हिजो उन्नाईस तारिख अमेरिकालाई देवयानीमाथि लगाइएको सबै आरोप हटाउन माग गर्नुभएको थियो। अमेरिकाका लागि भारतीय राजदूताबासले हिजो र अस्ति दुई दिन दुईवटा वक्तव्य प्रकाशित गर्दै अमेरिकी आरोपलाई अस्वीकार गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह