फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा साढे चार लाख सर्वसाधारणलाई चाडपर्व भत्ता

(GMT+08:00) 2013-12-20 16:04:38
        तिब्बतमा वार्षिक परम्परागत तीनटा ठूला चाड-पर्व नयाँ वर्ष, वसन्त चाड र तिब्बती नयाँ वर्ष नजिकँदै छन्। चाड मनाउनका लागि तिब्बत सरकारले कम आय हुने झण्डै साढे चार लाख तिब्बती सर्वसाधारणलाई चाडपर्व भत्ता दिने निर्णय गरेको छ।

        तिब्बत स्वायत्त प्रदेशीय सामाजिक बिमा व्यूरोका अनुसार, सन् 2014 का तीनटा ठूला चाड-पर्वको चाडपर्व भत्ता आपूर्ति कार्य सुरु भएको छ। सम्बन्धित मापदण्डका अनुसार, उद्योगबाट सेवानिवृत्ति व्यक्ति, न्यूनतम जीवन भत्ता लिने व्यक्ति, शहरीय प्रमुख संरक्षण पाएका हरेक व्यक्तिलाई नौ सय युआन र कृषि तथा पशुपालन क्षेत्रका प्रमुख भत्ता लिने प्रत्येक व्यक्तिलाई तीन सय युआन दिइने व्यवस्था छ।

        प्राप्त जानकारीअनुसार, सन् 2008 देखि ठूला चाडपर्व मनाउँदा तिब्बतले भत्ता दिँदै आएको छ। सन् 2014 उक्त नीतिबाट तिब्बतका चार लाख पैँतीस हजार दुई सय आठ जनालाई फाइदा पुगेको छ। साथै आगामी एकतीस तारिखअघि भत्ता रकम सर्वसाधारणको हातमा पुगिसक्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह