फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी र भारतीय नौ सेनाबीच दोस्रो संयुक्त अभ्यास

(GMT+08:00) 2013-12-20 10:07:13

         जापानको "माइनिची सिन्बुन"ले जनाएअनुसार, डिसेम्बर 21 तारिखदेखि 22 तारिखसम्म जापानी समुद्री आत्मरक्षा सेनाले भारतीय नौ सेनासँग भारतको दक्षिण-पूर्वी समुद्री क्षेत्रमा दोस्रो जापान-भारत संयुक्त अभ्यास गर्ने छ। 19 तारिख "आरिके" र "सेतोगिरी" नाम गरेका दुईवटा रक्षक युद्ध पानीजहाज चेन्नाइ बन्दरगाहमा अवतरण भएका छन्।

         जापान-भारत पहिलो संयुक्त अभ्यास गत वर्षको जुन महिनामा जापानको नजिकै समुद्री क्षेत्रमा भएको थियो। दुई पक्षले भारतमा संयुक्त अभ्यास गरेको यो पहिलो पटक हो।

         आगामी वर्षको जनवरीको अन्त्यमा जापानका प्रधानमन्त्री शिन्जो अबेले भारतको भ्रमण गर्नुका साथै भारतीय "गणतन्त्र दिवस"को सैनिक परेडमा भाग लिनुहुने जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह