फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह बन्ने

(GMT+08:00) 2013-12-20 18:08:06

        चीनको तिब्बत स्वायत्त प्रदेशसँग सीमा जोडिएको रसुवा जिल्लाको टिमुरेमा सुख्खा बन्दरगाह बन्ने भएको छ।

         आपूर्ति मन्त्रालयका उच्च पदस्थ अधिकारी र चीनको आर्थिक मामिला हेर्ने काउन्सिलरले सीमास्थित रसुवागढी र चीनको खम्बाटारको अवलोकनपछि सुख्खा बन्दरगाह टिमुरेमा बनाउने निर्णय भएको हो।

        रसुवा भन्सार कार्यालयका प्रमुख शम्भुबहादुर खड्काले 7/8 जनाको टोलीको अवलोकनपछि सुख्खा बन्दरगाह सीमाभन्दा 3 किलोमिटर तल टिमुरेमा बनाउने निर्णय गरेको बताउनुभयो।

        सुख्खा बन्दरगाहका लागि टिमुरेमा 5 हेक्टर जमिन रहेको भन्सार प्रमुख खड्काले बताउनुभयो। केही जमिन वन मन्त्रालयबाट स्वीकृति लिनुपर्ने देखिएको छ। वन मन्त्रालयका पदाधिकारीसमेत सकारात्मक देखिएकाले सुख्खा बन्दरगाह टिमुरेमा बन्ने भन्सार प्रमुख खड्काले बताउनुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह