फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेश-चीन-भारत-म्यामारबीचको सहयोगात्मक प्रणाली कोशेढुङ्गा हुने

(GMT+08:00) 2013-12-20 19:17:32

         चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयीनले आज बंगलादेश-चीन-भारत-म्यामार आर्थिक करिडोर संयुक्त कार्य टोलीको पहिलो सम्मेलनबारे जानकारी दिनुभयो। सम्बद्ध चार मुलुकका सरकारले आपसी सहयोगात्मक प्रणालीको स्थापनालाई अघि बढाउने अवस्था औपचारिक रुपमा स्थापित गरेको जनाइएको छ।

         प्राप्त जानकारी अनुसार, बंगलादेश-चीन-भारत-म्यामार आर्थिक करिडोर संयुक्त कार्य टोलीको पहिलो सम्मेलन डिसेम्बर 18-19 खुनमिङमा आयोजना भएको हो। प्रवक्ता ह्वाले आर्थिक करिडोरको स्थापना भन्ने प्रस्ताव चालू वर्षको मे महिनामा चीनका प्रधान मन्त्री ली खछ्याङले भारतको भ्रमणताका प्रस्तुत गर्नुभएको हो र भारत, बंग्लादेश, म्यामारको सक्रिय प्रतिक्रिया पाएको छ। उक्त प्रस्ताव चार मुलुक बीचको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई गहन पार्न तथा पूर्व र दक्षिण एशिया क्षेत्र बीचको सम्पर्क राख्न एउटा कोशेढुङ्गा हुने ठानिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह