फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी आमनिर्वाचनका लागि वंगलादेशको निर्वाचन आयोगद्वारा सेना परिचालन

(GMT+08:00) 2013-12-21 18:22:59
        हिजो बीस तारिख राति बंगलादेशको निर्वाचन आयोगले आगामी आमनिर्वाचनका लागि यही डिसेम्बर 26 तारिखदेखि पन्ध्र दिनको समयमा राष्ट्रभरि सैनिक परिचालन गर्ने घोषणा गरेको छ। निर्वाचन आयोगले सम्बद्ध पक्षसँगको छलफलपछि सेनालाई निर्वाचनका लागि खटाउने निर्णय गरेको स्पष्ट पारेको छ।

        बंगलादेशका विभिन्न पार्टीले निर्वाचनको विरोध गरिरहेकाले पारदर्शी, विश्वासनीय र निश्पक्ष निर्वाचन सम्पन्न हुने कुरामा युरोपेली संघले चिन्ता व्यक्त गरेको थियो। हिजो यूरोपेली संघले निर्वाचन पर्यवेक्षण टोलीलाई बंगलादेशमा पठाउने कुरालाई स्थगित गर्ने जनाएको छ।

         बंगलादेश विपक्षी पार्टीहरुले आमनिर्वाचनको विरोध गरेता पनि निर्वाचन आयोगले नोभेम्बर 25 तारिखमै आगामी वर्ष सन् 2014 को जनवरी 5 तारिखमा आमनिर्वाचन गर्ने घोषणा गरेको थियो। त्यसपछि विपक्षी पार्टीहरुले गरेका विरोध प्रदर्शनमा अहिलेसम्म सयजनाभन्दा बढीको मृत्यु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह