फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत-अमेरिका कूटनीतिक तनाव कायम

(GMT+08:00) 2013-12-21 18:23:34

        न्युयोर्कका लागि भारतीय उप महावाणिज्यदूत देवयानी खोब्रागाडेलाई अमेरिकी प्रहरीले पक्राउ गरेपछि दुवै देशबीचमा मतभेद जारी छ। अमेरिकी विदेश मन्त्री जोन केरीले आफ्ना समकक्षी भारती विदेशमन्त्री सलमान खुर्सेदलाई टेलिफोन गरेर सो घटनालाई लचिलो पारेतापनि अमेरिकाले देवयानीमाथि लगाएको अभियोगलाई नहटाएकाले फेरि एक पटक दुईदेशबीचको सम्बन्धमा दरार पैदा भएको हो।

        अमेरिकी विदेश मन्त्रालयका उप प्रवक्ता मेरी हार्फले देवयानीमाथि लगाइएको अभियोगलाई हटाउने अथवा नहटाउने भन्ने कुरा अमेरिकाको कानूनी प्रक्रियामा रहेको औंल्याउनुभयो। देवयानी खोब्रागाडेले संयुक्त राष्ट्र संघका लागि आवासीय प्रतिनिधि बनेर कूटनीतिक प्रतिरक्षा अधिकार पाएता पनि यो अधिकार उहाँको नयाँ कार्यावधिदेखि मात्रै लागू भएकाले उहाँमाथि आफ्नो घरमा काम गर्ने श्रमिकलाई भारतबाट अमेरिका लाँदा भिसाका लागि गलत विवरण पेश गरेको अभियोग लगाइने सम्भावना रहेको छ। त्यसबाहेक न्युयोर्क प्रहरीले उहाँमाथि अमेरिकी कानून अनुसार घरमा काम गर्ने श्रमिकलाई न्यून पारिश्रमिक दिएको अभियोग लगाएको थियो।

        भारतले भने अमेरिकाले आफूसँग निशर्त क्षमा माग्नुका साथै देवयानीमाथि लगाएको अभियोगलाई हटाउनुपर्ने अडान राखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह