फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सहस्राब्दी विकास लक्ष्य सम्बन्धी बान कि मुनको आह्वान

(GMT+08:00) 2013-12-21 18:24:05

        डिसेम्बर बीस तारिख 'अन्तर्राष्ट्रिय मानवजाति एकता दिवस' हो। सो अवसरमा संयुक्त राष्ट्र संघका महासचिव बान किमुनले सम्बोधन गर्दै सहस्राब्दी विकास लक्ष्यलाई साकार तुल्याउन अन्तर्राष्ट्रिय समाजले एकताबद्ध भएर प्रयास गर्न आह्वान गर्नुभएको छ। साथै सन् 2015 पछि विश्व विकास विषयसूचीको तर्जुमा गर्न पनि उहाँले आग्रह गर्नुभयो।

         महासचिव बानले सहस्राब्दी विकास लक्ष्यको कार्यान्वयन गर्न विश्वका विभिन्न मुलुकले एक अर्कालाई सम्मान गरी अधिकार बाँड्नुपर्ने बोध ती मुलुकका नेताहरुले बुझ्नुपर्ने बताउनु भयो। उहाँले सबै मुलुक, सबै धर्म वा विश्वास, सबै संस्कृति तथा सबै मानिसहरुले साझा कार्यका लागि संयुक्त प्रयास गर्न पनि औँल्याउनु भएको छ।

         सो अवसरमा संयुक्त राष्ट्र संघको 68 औं महासभाका अध्यक्ष जोन विलिम आशले दीर्घकालीन गरिबी तथा असमानता वर्तमान विश्वमा देखा परेका विकास सम्बन्धी दुईटा समस्यालाई समाधान गर्न जरुरी भएको र ती विकास समस्याको समाधान गर्न अन्तर्राष्ट्रिय समाजले एकताबद्ध भएर कोशिश गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह