फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माथिल्लो मर्स्याङ्दीमा आईएफसीले लगानी गर्ने

(GMT+08:00) 2013-12-21 18:24:45

          माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजना संयुक्त रूपमा विकास गर्न जीएमआर इनर्जी लिमिटेड र विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच गत बिहीबार सम्झौता भएको छ।

          उक्त सम्झौतापछि आयोजना बन्ने लगभग निश्चित भएको दाबी जीएमआरले विज्ञिप्ति मार्फत गरेको छ। 6 सय मेगावाटको उक्त आयोजना जीएमआर इनर्जी अन्तर्गतको हिमताल हाइड्रो पावर कम्पनीले बनाउनेछ।

         यो लगानी बोर्डले सहजीकरण गरेको राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना हो। आयोजनाको सर्वेक्षण, अनुसन्धानसम्बन्धी काम र सम्भाव्यता अध्ययन यसअघि नै सकिएको छ।

        संयुक्त विकास सम्झौतामा बिहीबार हस्ताक्षर भए पनि आयोजना विकास सम्झौतामा अर्को वर्ष हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

         बिहीबारको सम्झौताअनुसार आईएफसीले 10 प्रतिशत स्वपुँजी र कुल लागतको 15 प्रतिशत कर्जा लगानी गर्नेछ। आयोजनाको अनुमानित लागत 85 अर्ब रुपैयाँ छ। 'रन अफ द रिभर' मा आधारित उक्त आयोजना निर्माण, सञ्चालन र हस्तान्तरण(बुट मोडल) मा बन्नेछ। हिमताल हाइड्रो पावरले आयोजना निर्माणका लागि बोर्डसँग विकास सम्झौता गरेपछि ऊर्जा मन्त्रालयबाट लाइसेन्स पाउनेछ। आयोजना सन् 2016 सम्म निर्माण गर्ने लक्ष्य राखिएको कान्तिपुर अनलाइनले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह