फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पहिलोपटक विश्वकप ट्रफी प्रदर्शनी

(GMT+08:00) 2013-12-21 18:25:52

       विश्वकप फुटबलको ट्रफी नेपालमा पहिलोपल्ट शनिबार प्रदर्शन गरिएको छ। ब्राजिलमा अर्को वर्ष हुने विश्वकपको पूर्वसन्ध्यामा ट्रफीलाई विभिन्न देशका सहर घुमाउने क्रममा नेपालमा पनि ट्रफी ल्याइएको हो। पेय पदार्थ कोकाकोलामार्फत ट्रफी नेपालमा ल्याइएको हो।

        ट्रफी आज भुटानबाट नेपाल आइपुगेको कोककोलाका पदाधिकारीले जानकारी दिएका छन। विश्व फुटबल महासंघ(फिफा) को प्राइभेट जेटमा ल्याइएको ट्रफीसँगै विश्वकप विजेता टिमका कप्तान पनि सहभागी भएको कोकाकोलाले जनाएको छ।

         ट्रफी प्रदर्शनको कार्यक्रमका लागि कोक नेपालले अखिल नेपाल फुटबल संघ(एन्फा) सँग यसअघि नै सहकार्य गरिसकेको छ। ट्रफीलाई विजेता टिमका कप्तान र कुनै पनि देशका राष्ट्रप्रमुखले मात्र छुन वा हातमा लिन पाउने नियम रहेको छ।

         ट्रफी त्रिपुरेश्वरस्थित आज दशरथ रंगशालामा प्रदर्शन गरिएको छ। ट्रफी कतार, यूएई, बंगलादेश, भुटान हुँदै नेपाल ल्याइएको हो। नेपालबाट ट्रफी भारत, म्यानमार, थाइल्यान्ड, भियतनाम हुँदै जानेछ। फिफाले कोकाकोलासँग मिलेर थालेको ट्रफी टुर यसपल्ट 2 सय 67 दिनको रहेको छ। त्यसमा 89 राष्ट्रका जनताले यसपल्ट ट्रफी हेर्न पाउनेछन् ।

        विश्वकप फुटबल सन् 1930 मा उरुग्वेबाट सुरु भएको हो। फुटबलको विश्वकप ट्रफी 18 क्यारेट सुनको रहेको छ। ट्रफीको उचाइ 11 दशमलव 4 इन्च छ। यसको तौल 5 केजी छ। त्यसको मूल्य करिब 1 करोड डलर बराबर छ। ब्राजिलमा सन् 2014 को जून 12 देखि जुलाई 13 सम्म विश्वका उत्कृष्ट 32 फुटबल टिमले यही ट्रफीका लागि संघर्ष गर्नेछन्। प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन स्पेन हो।

         कोक नेपालले सुरक्षाको दृष्टिकोणलाई मध्यनजर राखेर दशरथ रंगशालामा प्रहरीलगायत विभिन्न सुरक्षा निकायको सहयोगमा बाटोहरू शुक्रबारै बनाएको छ। भोलि आइतबार भारत प्रस्थात गर्ने ट्रफी कोकका विभिन्न स्किमका भाग्यमानी विजेता, नेपालका खेलाडी, नेपाल सरकारका उच्च पदाधिकारीलगायत विभिन्न सर्वसाधारणले हेर्ने अवसर पाएको कान्तिपुर अनलाइनले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह