फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुस्ताङमा हिमपात भएपछि विद्यालयहरु वन्द

(GMT+08:00) 2013-12-21 18:26:29

       चीनको तिब्बत स्वायत्त प्रदेशसँग सीमा जोडिएको हिमाल पारीको जिल्ला मुस्ताङमा हिमपातसँगै चिसो बढ्न थालेपछि विद्यालय बन्द गरिएको छ।

        चार दिनदेखि मुस्ताङमा हिमपात भइरहेकोले डाँडाकाँडा र खेतबारीलाई बाक्लो हिउँले सेताम्मै ढाकेको स्थानीयले बताएका छन्। अहिले मुस्ताङको तापक्रम घटेर शून्य डिग्रीभन्दा तल झरेको छ। हिमपातसँगै जाडो बढेपछि मुस्ताङको जनजीवन प्रभावित बनेको छ। स्थानीय बासिन्दा जाडो छल्न बेंसीतिर झरेका छन्। कोही पोखरा,वेनी, बागलुङ, काठमाडौँमा जडीबुटीको व्यापारमा र कोही कपडाको व्यापार गर्न भारततिर गएका बताइएको छ।

         जाडोका कारण स्थानीय वासिन्दाहरु आफ्ना बालबच्चासहित व्यापार तथा अन्य प्रयोजनका लागि बेसी झरेपछि विद्यार्थीको अभावमा विद्यालयहरु बन्द गरिएका हुन्। त्यसैगरी सरकारी र गैरसरकारी कार्यालयका कर्मचारी पनि बिदा मिलाएर आफ्नो घर फर्कने तयारीमा छन्।

         मंसिर, पुस र माघ महिनामा उपल्लो भगेमा निरन्तर हिउँ पर्ने र अत्यधिक चिसो हुने भएकाले मुस्ताङका विद्यालयहरु हरेक बर्ष यसरी नै बन्द हुने गर्दछन्।

          जिल्लाका 16 गाविसमा सञ्चालित सबै विद्यालय पुस 1 गतेदेखि दुई महिनाका लागि बन्द गरिएको जिल्ला शिक्षा कार्यालय मुस्ताङ्गका विद्यालय निरिक्षक भुमीराज ज्ञवालीले बताएको सेतोपाटी अनलाइनले लेखेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह