फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परराष्ट्रमन्त्री वाङ यीद्वारा अरबेली मुलुकसँगको सम्बन्धलाई अघि बढाउने चीनको अडान प्रस्तुत

(GMT+08:00) 2013-12-22 18:44:55
       चीनका परराष्ट्र मन्त्री वाङ यीले हिजो 21 तारिख अल्जेरियाका विदेश मन्त्री रामताने लामाम्रासँगै नयाँ परिस्थितिमा अरबेली मुलुकप्रति चिनियाँ नीतिको ब्याख्या गर्नुभएको छ।

       परराष्ट्र मन्त्री वाङ यीले रणनैतिक तथा दीर्घकालीन दृष्टिकोणबाट चीनले अरबेली मुलुकसँगको सम्बन्धलाई अघि बढाइरहेको जानकारी दिनुभयो। नयाँ परिस्थितिमा अरबेली मुलुकप्रति चीनको नीतिलाई चार उहाँले स्पष्ट पार्नुभयो। ती चार चरणमा अरबेली मुलुकले रोजेको बाटोलाई चीनले समर्थन गर्ने,अरबेली मुलुकले राजनीतिक प्रणालीमार्फत समस्याको समाधान गर्ने विषयलाई चीनले समर्थन गर्ने, अबरेली मुलुकसँगको सहयोगलाई प्रवर्द्धन गरी साझा विकास गर्न चीनको समर्थन रहने र अरबेली मुलुकले आफ्नो बैधानिक हक-अधिकारको संरक्षण गर्ने कुरालाई चीनले समर्थन गर्ने रहेका छन्।

        विकास, स्थिरता तथा एकताबद्ध प्रक्रियामा चीनले अरबेली मुलुकसँगसँग अघि बढ्दै जाने आशा परराष्ट्र मन्त्री वाङ यीले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह