फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ओस्कार पुरस्कारमा उत्कृष्ट विदेशी चलचित्रको नामावलीमा चिनियाँ चलचित्र समावेश

(GMT+08:00) 2013-12-22 18:46:22

      छयासीऔं ओस्कार पुरस्कार समितिले उत्कृष्ट विदेशी चलचित्रको नामावली सार्वजनिक गरेको छ। नामावलीमा समावेश गराइएका नौवटा चलचित्रमध्ये चीनको हङ्गकङ्ग चलचित्र 'द ग्रान्ड मास्टर्स' पनि रहेको छ।

       ती नौवटा चलचित्र बितेका दुई महिनामा अमेरिकी चलचित्र कला तथा विज्ञान प्रतिष्ठानले विश्वका विभिन्न मुलुकका 76 वटा चलचित्रबाट छानेका हुन्।

       चर्को प्रतिस्पर्धा भएतापनि हङ्गकङ्ग चलचित्र 'द ग्रान्ड मास्टर्स' कमजोर नभएको देखिन्छ। ऐ.एफ.पी.ले यस चलचित्रलाई अग्रस्थानमा रहेको जनाएको छ भने लसएन्जलस् टाइमसले आकर्षित चलचित्रको सूचीमा यो चलचित्रलाई पहिलो स्थानमा राखेको छ। टिकटबाट प्राप्त आम्दानीबाट हेर्दा गत अगष्टमा उत्तर-अमेरिकी सिनेमाघरमा देखाएपछि हङ्गकङ्ग चलचित्र 'द ग्रान्ड मास्टर्स' ले सन् 2006 यता चिनियाँ भाषाका चलचित्रमध्ये सबभन्दा बढी आम्दानी प्राप्त गरिएको रेकर्ड सिर्जना गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह