फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिंसात्मक गतिबिधि रोक्न बान कि मूनद्वारा दक्षिणी सुडानका विभिन्न पक्षसमक्ष आग्रह

(GMT+08:00) 2013-12-22 18:46:55

     फिलिपिन्सको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले भिडन्त र सर्वसाधारण लक्षित हिंसात्मक गतिबिधि तुरुन्तै रोक्न दक्षिणी सुडानका राजनीतिक तथा सैन्य नेतालाई आग्रह गर्नुभएको छ।

     गत उन्नाइस तारिख दक्षिणी सुडानमा तैनाथ संयुक्त राष्ट्र संघका विशेष दलको एक क्याम्पसलाई सशस्त्र विद्रोही शक्तिले प्रहार गरिएको थियो। जसबाट दुई जना भारतीय सैनिक र कम्तिमा बीस सर्वसाधारणको मृत्यु भएका थियो।

     आज बाइस तारिख फिलिपिन्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले उक्त हत्याको कडा निन्दा गरेको महासचिव बानले बताउनुभयो। साथै उहाँले वार्ता गरी राजनीतिक रुपमा दक्षिण सुडानमा भड्किएको हिंसालाई रोक्न आफूले दक्षिणी सुडानका राष्ट्रपतिलगायत राजनीतिक नेतालाई आग्रह गरेको बताउनुभयो। दक्षिणी

       संयुक्त राष्ट्रसंघका महासचिव बान फिलिपिन्सको तीन दिने भ्रमणका क्रममा गत बीस तारिख त्यहाँ पुग्नु भएको हो। भ्रमणको अवधिमा उहाँले "हाइयेन" आँधीबाट सबभन्दा क्षति भएको टाक्लोबान क्षेत्रको पनि अवलोकन गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह