फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गोही संरक्षणमा चितवन राष्ट्रिय निकुञ्जको प्रयास

(GMT+08:00) 2013-12-22 18:48:30
         विश्वबाटै लोप हुने अवस्थामा पुगेको घडियाल गोही संरक्षण गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जले आज 10 वटा घडियाल गोहीका बच्चा राप्ती नदीमा छाडेको छ। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्किएका 10 वटा घडियाल गोहीका बच्चा कसरास्थित राप्ती नदीमा छोडिएको हो।

        वन मन्त्रालयका सचिव डा गणेशराज जोशी, वन विभागका महानिर्देशक विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मेघबहादुर पाण्डे, चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा र मध्यमाञ्चल क्षेत्रीय वन निर्देशक राजदेव यादवले संयुक्त रुपमा गोही छाड्नु भएको हो। नदीमा छाडिएका 6 देखि 8 वर्ष उमेरका गोहीमध्ये आठ पोथी र दुई भाले रहेका छन्।

        सो अवसरमा सङ्कटापन्न अवस्थामा रहेको गोहीको सङ्ख्या वृद्धि गर्न सरकारी प्रयास भइरहेको भन्दै सचिव जोशीले सबै क्षेत्रबाट संरक्षणमा सहयोगको अपेक्षा गर्नुभयो। गोही संरक्षणका लागि निकुञ्ज विभागले चितवनको कसरामा 2035 सालमा गोही प्रजनन केन्द्र खडा गरी बर्सेनी नदीमा गोहीको बच्चा छाड्दै आएको छ। हालसम्म राप्ती, नारायणी, कालीगण्डकी, कर्णाली र बबईमा गरी 9 सय 21 वटा गोही छोडिएको संरक्षण केन्द्र हेर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जानकारी दिनुभयो।

        नदीमा छाडिएको गोहीको अवस्था बुझ्न गतवर्ष गरिएको गणनामा 1 सय 24 वटा मात्र भेटिएका थिए। बर्सेनी ती नदीका बगरबाट गोहीको अण्डा सङ्कलन गरी कसराको प्रजनन केन्द्रमा बच्चा कोरलेर त्यसलाई हुर्काएर नदीहरूमा छाड्ने गरिन्छ। गोही हुर्काउनका लागि वाषिर्क 50 लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो। हाल प्रजनन केन्द्रमा 6 सय गोही रहेका छन्। विश्वमा पाइने 21 जातका गोहीमध्ये नेपालमा मगर र घडियाल गोही पाइन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह