फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिलाको सहकारीको सम्पत्ति दुई करोडभन्दा बढी

(GMT+08:00) 2013-12-22 18:49:01
      इलाममा स्थापित नारी विकास बहुद्देश्यीय सहकारी संस्थाले स्थापना भएको 22 वर्षमा दुई करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको छ।

       संस्थाको शनिबार सम्पन्न 22 औँ साधारणसभामा संस्थाकी अध्यक्ष मन न्यौपानेले संस्थामा आबद्ध एक हजार 46 जना महिला सदस्यबाट दुई करोड 13 लाख एक हजार 8 सय 82 रूपैयाँ सम्पत्ति आर्जन गरेको प्रतिवेदन पेस गर्नुभयो।

      वि.सं. 2048 सालमा नारी विकास सङ्घको पहलमा 25 जना सेयर सदस्यबाट 25 रूपैयाँले सुरु गरिएको संस्थाको पुँजी दुई दशकपछि यति धेरैले वृद्धि भएको हो। पाँच हजारदेखि तीन लाख रूपैयाँसम्म सामूहिक धितोको आधारमा संस्थामा आबद्ध सदस्यलाई ऋण लगानी गर्दै आएको छ। साधारण सदस्य 2 सय 24, लघुवित्त सदस्य 6 सय 23 र दैनिक बचत सदस्य 1 सय 99 जना सदस्यमार्फत संस्थाले व्यावसायिक कृषिमा एक करोड 87 लाख 33 हजार 5 सय 74 रूपैयाँ ऋण लगानी गरेको छ।

        संस्थाले छ जनालाई एक हजार 5 सयका दरले राहत रकम, नौ जनालाई एक हजारका दरले सुत्केरी पोषण खर्च प्रदान गरेको छ। 2069 सालको प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने संस्थाका सेयर सदस्यका छोराछोरीमध्ये दुई जनालाई पुरस्कृतसमेत गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह