फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्विनीमा राष्ट्रिय च्याम्पियनसिप आयोजना गरिने

(GMT+08:00) 2013-12-23 18:41:56

             हरेक वर्ष वृहत राष्ट्रिय प्रतियोगिता गर्ने लक्ष्य सहित राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रथम लुम्विनी राष्ट्रिय च्याम्पियनसिप–2070 गर्ने भएको छ। खेलकुदलाई चलायमान बनाउने उद्देश्यले एक वर्ष विराएर वृहत राष्ट्रिय खेलकुद र लुम्विनी राष्ट्रिय च्याम्पियन गर्ने राखेप सदस्य सचिव युवराज लामाले आइतबार पत्रकार सम्मेलनमा बताए। पुस 15 देखि माघ 15 गते सम्म चल्ने च्याम्पियनसिपमा 33 खेल समावेश छन्।

            च्याम्पियनसिपको उद्घाटन पुस 9 गते काठमाडौंमा गरिनेछ। संघको गतिविधिका आधारमा च्याम्पियनसिपमा खेल छानिएको लामाले जनाउनुभयो। लुम्विनी राष्ट्रिय च्याम्पियनसिपमा जुडो, बास्केटबल, बुद्धिचाल, टेबल टेनिस, उसु, ब्याडमिन्टन, सुटिङ, क्रिकेट, फुलकन्टयाक्ट कराँते, पौडी, एनआइटिएफ, तेक्वान्दो, तेक्वान्दो युनियन, कुस्ती, साइक्लिङ, स्क्वास एन्ड र्‍याकेटस हुनेछन्। त्यस्तै विलियर्ड स्नुकर तथा पुल, भारोत्तोलन, हक्की, लन टेनिस, कबड्डी, तेक्वान्दो, आर्चरी, कराते, बक्सिङ, एथ्लेटिक्स, जिम्न्याष्टिक, गल्फ, सफ्ट टेनिस, शारीरिक सुगठन, भलिबल, बुदोकैदो र ह्याण्डबल समावेश छन्।

           लुम्विनी च्याम्पियनसिपअन्तर्गत काठमाडौंमा सबैभन्दा बढि 16 खेल हुनेछन् भने 5 खेल ललितपुरको सातदोबाटोमा हुनेछन्। काठमाडौंमा कुस्ती, एनआइटिएफ, जुडो, बक्सिङ, सफ्ट टेनिस, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो युनियन, साइक्लिङ, विलियर्ड स्नुकर, कबड्डी, एथ्लेटिक्स, गल्फ र बुदोकैदो हुनेछन्। सातादोबाटोमा सुटिङ, स्क्वास, भारोत्तोलन, लन टेनिस र पौडी हुनेछन्।

           बनेपामा बुद्धिचाल, उसु धरानमा, फुलन्टयाक्ट कराते चितवनमा, लुम्बिनीमा तेक्वान्दो, नेपालगन्जमा शारीरिक सुगठन र कराते, विराटनगरमा जिम्न्याष्टिक, नवलपरासीमा पुरुष भलिबल, हेटौडामा हक्की, पोखरामा महिला भलिबल र आर्चरी तथा इलाममा पुरुष फुटबल हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

           च्याम्पियनसिपको लागि नेपाल सरकारले 3 करोड 10 लाख रुपैयाँ विनियोजन गरेको सदस्य सचिव लामाले बताउनुभयो। प्रतियोगिता गर्न अपुग रकम सम्बन्धित संघले प्रायोजक खोजेर जुटाउन सक्ने लामाले बताउनुभयो।

           संघलाई राखेपले दिने रकम उद्घाटनको बेला सार्वजनिक गर्ने बताइएको छ। च्याम्पियनसिपबाट राष्ट्रिय टिम छनोट र दक्षिण कोरियाको इन्चोनमा हुने 17औं एशियन खेलकुदको लागि खेलाडी छनोट गरिनेछ।

         आइतबार च्याम्पियनसिपको लोगो सार्वजनिक गर्दै लामाले नेपाली खेलकुदमा नयाँ प्रक्रिया थालनी भएको दावी गर्नुभएको नागरिकन्यूज अनलाईनले जनाएको छ। विश्वमा लुम्बिनीको विषयमा गलत प्रचार भइरहेकोले लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप नाम राखिएको लामाले बताउनुभयो। राखेपले तोकेको मितिमा गल्फ, पौडी र शारीरिक सुगठन प्रतियोगिता मात्र नहुने उहाँको तर्क थियो।

           एन्चोन एसियन खेलकुदका लागि 3 गल्फ खेलाडी भारतमा प्रशिक्षण गरिरहेको र चीनमा निक फ्लाडो सिरिजमा भाग लिनुपर्ने भएकोले गल्फ प्रतियोगिता पछि हुने बताइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह