फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ ब्राण्डको किङलङ्ग माइक्रो बस नेपाली बजारमा

(GMT+08:00) 2013-12-23 18:42:55

            चिनिया ब्राण्डको किङलङ्ग माइक्रो बस नेपाली बजारमा भित्रिएको छ। किङलङ्गको नेपालका लागी आधिकारिक बिक्रेता इन्टरनेशनल विजनेस प्रालिले उक्त माइक्रो बस नेपाली बजारमा भित्राएको हो। माइक्रोको आइतबारदेखि नै बिक्री वितरण शुभारम्भ गरिएको छ ।

           नेपाली बजारमा एसीयूक्त माइक्रोलाई 33 लाख 50 हजार रुपैयाँ र नन-एसीलाई 31 लाख 75 हजार रुपैयाँ पर्ने बताइएको छ।

          16 सीट क्षमता रहेको माइक्रोमा इसुजु इञ्जिन प्रयोग गरिएको हुँदा बढी पावर दिने कम्पनीले दाबी गरेको छ। कम्पनीका अनुसार माइक्रो नेपालको भौगोलीक भू-बनोट अनुकुल हुने गरी निर्माण गरिएको छ। आकर्ष डिजाइन, बलियो र भरपर्दो इञ्जिन, गुड प्रफोमेन्स, अत्याधुनिक सर्भिस सेवाका कारण माइक्रो नेपाली बजारमा लोकपि्रय हुने इन्टरनेशनल विजनेस प्रालिका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो।

            विश्वकै ठुलो बस उत्पादक कम्पनीहरुमा गनिने किङलङ्गले 'नेशनल भेहिकल चाइना टप ब्राण्ड' तथा 'फेमाउस ट्रेडमार्क अफ चाइना' जस्ता महत्वपूर्ण ख्याती प्राप्त गरेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार किङलङ्गले चीनका महत्वपूर्ण सरकारी सभा, सम्मेलनहरुमा आधिकारिक वाहनको रुपमा समेत पहिचान स्थापित गरेको छ।

            दक्षिण अमेरिका, अफ्रिका, युरोप, अस्ट्रेलिया तथा दक्षिण पूर्वी एसियाली मुलुकहरुमा ख्याती प्राप्त गरेको यस कम्पनीले हाल 80 वटा मुलुकहरुमा आफ्ना उत्पादनहरु निर्यात गर्दै आएको छ।

            इन्टरनेशनल विजनेस प्रालिले क्रिसमस तथा नव वर्षको अवसर पारी देशका विभिन्न शहरहरुमा शुभारम्भ यात्राको आयोजना गर्दै छ। कम्पनीले डिसेम्वर 24 र 25 तारिखमा पोखराको सिटी हलमा, 26 र 27 तारिखमा नारायणघाटमा, 30 र 31 तारिखमा धनगढीमा तथा जनवरी 1 र 2 तारिखमा दाङमा, 4 र 5 तारिखमा बुटवलमा प्रवर्द्धनात्मक मेला आयोजना गर्ने जनाएको अनलाईन खबरमा उल्लेख छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह