फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

H7N9 पंक्षी रुघा लाग्नेहरु बढ्दै

(GMT+08:00) 2013-12-23 18:43:32

              यस वर्षको मार्च अन्तदेखि शाङ्गहाइ शहर र आन व्ही प्रान्तमा पहिलो पटक H7N9 पंक्षी रुघाको संक्रमण फैलिएदेखि यता चीनको मुख्यभूमिका बाह्र प्रान्तमा लगातार यस पंछी रुघाका कारण सङ्क्रमित बिरामीहरु बढ्दै गएका छन्। हालसम्ममा सङ्क्रमितहरुको संख्या 140भन्दा बढी पुगेको छ। यसै डिसेम्बर 19 तारिख क्वाङ्ग तुङ्ग प्रान्तको शनचन शहरमा एक H7N9 पंक्षी रुघाबाट सङ्क्रमित एक बिरामी रहेको पुष्टी गरिएको छ भने त्यो हालसम्ममा यस वर्ष चीनको मुख्यभूमिमा देखापरेका 144औं सङ्क्रमित व्यक्ति हुन्। क्वाङ्ग तुङ्ग प्रान्तले 22 तारिख पत्रकार सम्मेलन आयोजना गर्दै H7N9 पंक्षी रुघा सम्बन्धी पछिल्लो अवस्थाबारे जानकारी दिएको छ। उक्त पत्रकार सम्मेलनबाट थाहा पाइएअनुसार वर्तमान क्वाङ्ग तुङ्गमा H7N9 पंक्षी रुघा फैलिने सम्भावना एकदमै कम छ।

           केही दिनयता क्वाङ्गतुङ्ग प्रान्तमा केही H7N9 पंक्षी रुघाका सङ्क्रमितहरुको अवस्थाबारे सार्वजनिक भएपछि फेरि एकपटक समाजको नजर आकर्षित भएको छ। डिसेम्बर 22 तारिखसम्म क्वाङ्ग तुङ्ग प्रान्तमा जम्मा 6 जना H7N9 पंक्षी रुघाका रोगी भेटिएको पुष्टी भएको छ। यसप्रति क्वाङ्गतुङ्ग प्रान्तको H7N9 पंक्षी रुघाको प्रतिरोध तथा नियन्त्रण विशेषज्ञ दलका प्रमुख चाङ्ग युङ्ग व्हीले पत्रकार सम्मेलनमा यसरी भन्नुभयो: हालसम्म हाम्रो प्रान्तमा जम्मा छ जना H7N9 पंक्षी रुघाका रोगीहरु भेटिएका छन्। ती रोगीहरुमध्ये सबैभन्दा सानो उमेरको रोगी एक तीन वर्षका बालक र सबैभन्दा बृद्धमा 65 वर्षका व्यक्ति छन्। हाल यी दुवै विरामीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट घर फर्किएका छन्। यसै महिना देखापरेका अन्य चार रोगीले भने ‌औषधोपचार गराइरहेका छन्।

            थाहा भएअनुसार क्वाङ्गतुङ्ग प्रान्तले ती छ जना H7N9 पंक्षी रुघाका सङ्क्रमितसँग घनिष्ट सम्पर्क भएका 441 जनालाई कडा निगरानीमा राखी चिकित्सा जाँचबुझ गरिरहेको छ भने कुनै पनि असामान्य अवस्था देखिएको छैन। साथै सम्बन्धित विशेषज्ञद्बारा ती छ जना सङ्क्रमित भाइरसको अनुसन्धान गरिएबाट थाहा भएअनुसार क्वाङ्गतुङ्ग प्रान्त र चीनको पूर्वी क्षेत्रमा देखिएका H7N9 पंक्षी रुघाको भाइरस एउटै उद्गमबाट जन्मिएको हुनसक्ने सम्भावना धेरै छ। साथै उक्त भाइरस परिवर्तन भएको छैन्। सबै कारणले गर्दा H7N9 पंक्षी रुघा फैलिने सम्भावना एकदमै कम छ।

             चिनियाँ इन्जिनियरिङ प्रतिष्ठानका सदस्य एवम् क्वाङ्गतुङ्ग प्रान्तको H7N9 पंक्षी रुघा प्रतिरोध तथा नियन्त्रण सम्बन्धी चिकित्सा विशेषज्ञ दलका प्रमुख चुङ्ग नान शानले जानकारी दिनुभएअनुसार H7N9 पंक्षी रुघाबाट प्रभावितहरुको चिकित्सा परीक्षणबाट वर्तमान प्रयोग गरिरहेको औषधी र उपचार उपायसँग प्रभावकारी शक्ति रहेको थाहा पाइएको छ।

           क्वाङ्गतुङ्ग प्रान्तमा देखिएका सबै H7N9 पंक्षी रुघाका सङ्क्रमितहरुको घरपालुवा कुखुरासित सम्पर्क रहेको भेटिएको छ। सर्वसाधारणसँग जिवित घरपालुवा कुखुरासँग प्रत्यक्ष सम्पर्क हुनसक्ने छ कि छैन भन्ने चिन्ताप्रति क्वाङ्गतुङ्ग प्रान्तको H7N9 पंक्षी रुघा प्रतिरोध तथा नियन्त्रण विशेषज्ञ दलका भूतपूर्व प्रमुख ल्याउ मिङ्गले क्वारेन्टाइन पार गरी बजारमा बिक्री भएको पंक्षी सबै सुरक्षित भएको जानकारी दिनुभयो। उहाँले अगाडी भन्नुभयो: फ्लू भाइरसको प्रतिरोध शक्ति बलियो छैन। 56 सेल्सियसमा तीस मिनेट वा 60 सेल्सियसमा दश मिनेट आगोमा पकाउने हो भने फ्लू भाइरसलाई मार्न सकिनेछ। यसबाहेक विष मार्ने स्थायी पदार्थ र सूर्यकिरण फ्लू भाइरसको प्रतिरोधका लागि हितकर छ। त्यसैले हाम्रो जोड भनेको स्थायी प्रतिरोध तथा नियन्त्रणमा प्रभावकारी भूमिका सिर्जना गर्ने भन्ने हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह