फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी.आर.आई कन्फ्युसियस कक्षाका विद्यार्थीहरुद्वारा विविध चिनियाँ बहुजातीय सँस्कृतिको अनुभव

(GMT+08:00) 2013-12-23 18:44:23

          हाल सी.आर.आईअन्तर्गत आठ वैदेशिक कन्फ्युसियस कक्षाबाट आएका 15 जना विद्यार्थीहरुले दक्षिण चीनको युन नान प्रान्तीय सि श्वान बान ना शहरमा चिनियाँ बहुजातीय सँस्कृतिको अनुभव सँगालीरहेका छन्।

           बांसबाट निर्मित बिभिन्न बाजाको धूनसँगै विदेशी विद्यार्थीहरुले हा नि जातीय महिलासँग बांस नाच पनि सिकेका छन्। श्रीलंकाका अजित प्रसान्ना वासालागेले हा नि जातीय सँस्कृतिबारे निकै चासो लागेको बताए। उनका अनुसार, अल्पसंख्यक जातीय वस्त्र ज्यादै सुन्दर हुनुका साथै घर पनि विशेषतायुक्त रहेको छ। यिनीहरुको पाहुनालाई स्वागत गर्ने तरिका पनि सौहार्दपूर्ण लागेको बताए।

        यसअघि विद्यार्थीहरु, ताइ जातीय सोङ्गक्रान दिवस अर्थात पानी छ्यापेर खेल्ने, मयूर उडाउने आदि कार्यक्रममा संलग्न भएका थिए।

          पहिले किताबबाट चीनको जानकारी पाएको र यसपटक चीनमा आएर चिनियाँहरुको उत्साह तथा अनुभव देख्दा आफू आफ्नो घरमा रहेको भान भएको पाकिस्तानबाट आएकी फाइचह तासावाले बताइन्। उनलाई चीन निकै सुन्दर र स्वर्ग जस्तो लागेको बताइन्। भविष्यमा अझ बढी चिनियाँ भाषा सिकेर चिनियाँहरुसँग प्रत्यक्ष रुपमा भलाकुसारी गर्नसक्ने आशा उनले व्यक्त गरेकी छिन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह