फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआईको नेपाली साझेदार रेडियो क्यापिटल एफएम तथा सिआरआई कन्फ्युसियस कक्षाद्बारा समाजसेवामूलक कार्यक्रमको आयोजना

(GMT+08:00) 2013-12-23 18:47:52

             सिआरआईको नेपाली साझेदार रेडियो क्यापिटल एफएम 92.4 तथा काठमाडौंस्थित सिआरआईको कन्फ्युसियस कक्षाको संयुक्त तत्त्वावधानमा आयोजित "अनाथालयतिर अग्रसर" शीर्षकको मायालु सार्वजनिक हितकल्याणमूलक गतिबिधि हालै आयोजना गरिएको छ। नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल, नेपालका लागि चिनियाँ राजदूताबासका वाणिज्य कांउन्सिलर फङ्ग वै, नेपालस्थित चिनियाँ राजदूताबास अन्तर्गत सँस्कृति कार्यालयका प्रमुख चाङ्ग पिन तथा नेपालका विभिन्न क्षेत्रका करीब असीभन्दा बढी गण्यमान्य व्यक्तिहरूको उक्त गतिबिधिमा उपस्थिति रहेको थियो।

           नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले उक्त गतिबिधिलाई सम्बोधन गर्दै नेपाली बाल बालिकाको स्वास्थ्य र विकासका लागि क्यापिटल एफएम र कम्फ्युयस प्रतिष्ठानले प्रयास गरेकोमा कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले अझ बढी मानिसहरूले सार्वजनिक हितकल्याणका गतिविधितर्फ ध्यान दिन आव्हान गर्नुभयो।

              यस पटकको गतिबिधिमा "चन्दा दान, साँस्कृतिक कार्यक्रम र कोष संकलनका लागि बिक्री"यी तीनवटा अङ्ग रहेका छन्। यस गतिबिधिमार्फत् अनाथालयका लागि दुई लाख साठी हजार रुपैयाँ रकम र अधिकांश लेख्ने पढ्ने सामग्री जुटाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह