फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसमा डाँका समूहको आक्रमणमा परी एक चिनियाँ नागरिकको मृत्यु र अर्का एकजना घाइते

(GMT+08:00) 2013-12-23 18:48:50

           रुसी एकाटेरिन्वर्गस्थित चिनियाँ महावाणिज्य दूतावासले बाईस तारिखका दिन जनाएअनुसार, रुसी समय अनुसार एक्काईस तारिख बिहान तीनजनाको अज्ञात डाँका समूहले एकाटेरिन्वर्गमा तोडफोड गर्दा एकजना चिनियाँ नागरिकको मृत्यु हुनुका साथै अर्का एक घाइते भएका छन्।

             एकाटेरिन्वर्गस्थित चिनियाँ महावाणिज्य दूताबासले उक्त घटनाबारे थाहा पाएपछि तत्कालै सम्बन्धित आफ्ना अधिकृतलाई घटनास्थलतर्फ पठाएको छ। रुसी एकाटेरिन्वर्गस्थित चिनियाँ महावाणिज्य दूताबासका कार्यवाहक महावाणिज्य दूत छाउ युन लोङ्गले बाईस तारिखका दिन एकाटेरिन्वर्गस्थित रुसी विदेश मन्त्रालयका जिम्मेवार व्यक्ति अलेक्जान्डर खार्लोभसमक्ष उक्त मुद्दाबारे कुरा उठाउनुभएको छ। वाणिज्य दूत छाउले छिटोभन्दा छिटो गरी मुद्दाको पर्दाफास गरी हत्यारालाई गम्भीर रुपमा दण्ड सजाय दिन रुसी सम्बन्धित संस्थासमक्ष आग्रह गर्नुभएको छ।

             एकाटेरिन्वर्गस्थित रुसी विदेश मन्त्रालयका जिम्मेवार व्यक्ति खार्लोभले उक्त दुखद घटनाप्रति खेद प्रकट गर्नुका साथै ज्यान गुमाएका र घाइते भएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह