फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसमा भएको चिनियाँ नागरिक हत्या प्रकरणको ख्याल-विचार गरिंदै जाने: चीनको परराष्ट्र मन्त्रालय

(GMT+08:00) 2013-12-23 18:49:42

           चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले तेईस तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा रुसी एकाटेरिन्वर्गमा चिनियाँ ब्यापारीको हत्या गरिएको मुद्दा सम्बन्धी छानबीन अवस्थाबारे अवगत गराउनुभयो। साथै उहाँले चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत वाणिज्य संरक्षण केन्द्र तथा एकाटेरिन्वर्गस्थित चिनियाँ महावाणिज्य दूताबासले घटनापछिका विभिन्न कार्यका लागि सहायता दिने अठोट व्यक्त गर्नुभएको छ।

            प्रवक्ता व्हाका अनुसार, एकाटेरिन्वर्गस्थित चिनियाँ महावाणिज्य दूताबासले उक्त मुद्दालाई उच्च महत्व दिनुका साथै रुससमक्ष गम्भीर रुपमा कुरा उठाउँदै प्रभावकारी कदम चालेर रुसमा रहेका चिनियाँ नागरिकहरूको सुरक्षा र उचित हक-अधिकारको सँरक्षण गर्न रुसलाई आग्रह गरेको छ।

           प्राप्त जानकारीअनुसार, उक्त मुद्दामा घाइते भएका चिनियाँ नागरिक हाल अस्पतालबाट डिस्चार्ज भएका छन्। रुसी प्रहरीले पनि मुद्दाको छानबीन कार्य गरिरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह