फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंग्लादेशको माल सामानको निर्यात मात्रा 18.02 प्रतिशतले बृद्धि

(GMT+08:00) 2013-12-23 18:50:06

              बंग्लादेशी प्रोथोम अलो अखवारको वेभसाइटले जनाएअनुसार, डिसेम्बर बाईस तारिखका दिन ब‍ँग्लादेशी निर्यात विकास ब्युरोले एउटा तथ्याङ्क सार्वजनिक गरेको छ।

              त्यस तथ्याङ्कका अनुसार, देशभित्रको राजनीतिक अवस्था डाँबाडोल भइरहेको पृष्ठभूमिमा सन् 2013-2014 को बित्तीय वर्षको जूलाईदेखि नोभेम्बर महिनासम्म बंग्लादेशका माल सामानहरूको निर्यात रकम 18.02 प्रतिशतले बृद्धि भएको छ। माल सामानको कूल निर्यात रकम 11 अर्ब 95 करोड अमेरिकी डलर पुगेको छ। तीमध्ये गार्मेन्टस् अर्थात् लत्ताकपडाको निर्यात बृद्धि दर 20.74 प्रतिशत रहेको छ भने निर्यात रकम 9 अर्ब 65 करोड अमेरिकी डलर पुगेको छ। करिब नोभेम्बरबाट हेर्दा गार्मेन्ट्सको निर्यात रकम 2 अर्ब21 करोड20 लाख पुगेको बताइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह