फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संघीयता र संविधान नेपाली जनताको इच्छाअनुसार हुनुपर्ने चीनको भनाइ

(GMT+08:00) 2013-12-24 18:31:41

           चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभाग उपमहानिर्देशक राओ हुइहनाले नेपालको संघीयता र संविधान कस्तो हुने भन्ने कुरा स्वयम् नेपाली जनताको छनोटमा निर्भर रहने बताउनुभएको छ।

          उहाँले नेपालमा पछिल्लो समयमा धेरै राजनीतिक परिवर्तन आएको प्रसङ्ग उल्लेख गर्दै नेपालीको आफ्नो छनोटमा छिमेकी मित्रका रुपमा चीनको सहयोग र समर्थन रहने तथा चीनको नेपाल नीतिमा कुनै परिवर्तन नआएकाले कुनै पनि समस्यामा हस्तक्षेप नगर्ने नीति पनि यथावतै रहेको बताउनुभयो।

           राजधानी काठमाडौंमा विभिन्न सञ्चार माध्यमका पत्रकारसँग कुरा गर्दै उपमहानिर्देशक हुइहानले चिनियाँ कम्युनिस्ट पार्टी, सरकार र जनता नेपालको राजनीतिक प्रक्रिया छिटो समाधान भएर नेपाल स्थायित्व, शान्ति र विकासको बाटोमा अघि बढोस् भन्ने हार्दिक इच्छा रहेको स्पष्ट गर्नुभयो।

      "दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध साझा हित, विकास र सहयोग सम्बन्धमा आधारित छ, प्रक्रिया सजिलो नभए पनि सबै पार्टीको हार्दिक इच्छा राजनीतिक स्थायित्व, विकास र जनजीवनमा सुधार गर्ने भएकाले सबैको सहमतिबाटै वर्तमान समस्याको पनि निकास निस्कनेछ", उपमहानिर्देशक हुइहानले भन्नुभयो।

         उहाँले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा चीनले सदैव सम्मान गर्ने गरेको दोहोर्‍याउँदै राजनीतिक प्रक्रियामा भने कुनै भूमिका नखेलेको प्रस्ट पार्नुभयो। सो अवसरमा विभिन्न सञ्चार माध्यमका पत्रकारले नेपाल चीन सम्बन्धको विविध पक्षबारे आ–आफ्नो धारणा राख्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह