फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण सुडानको परिस्थिति झन् झन् चर्किंदै

(GMT+08:00) 2013-12-24 18:33:36

          दक्षिण सुडानको सरकारी सेनाले पूर्व उप राष्ट्रपति रिएक माचारको नेतृत्वमा रहेको सरकार विरोधी सशस्त्र समूहको हातबाट युनिटी राज्यको सदरमुकाम बेन्टिउको नियन्त्रण अधिकारलाई पुन:लिन नसकेको कुरालाई दक्षिण सुडानको सैन्य पक्षले तेईस तारिखका दिन स्वीकार गरेको छ। हाल सरकारी सेनाले उक्त शहरलाई आफ्नो नियन्त्रणमा फिर्ता लिनका लागि आक्रमणको तयारी गरिरहेको छ।

           संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले तेईस तारिखका दिन दक्षिण सुडान सम्बन्धी संयुक्त राष्ट्र संघको विशेष टोलीको सशस्त्र शक्ति थप्नका लागि हाल संयुक्त राष्ट्रसंघले विभिन्न पक्षहरूसित सम्पर्क राखिरहेको जानकारी दिनुभएको छ।

            दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विपक्षी समूहका नेता बीच सम्झौता-वार्ता जस्तै राजनीतिक उपायमार्फत् संकटको समाधान गर्ने कुरा महासचिव बान की मनले पुनर्पुष्टी गर्नुभएको छ। विभिन्न जातिबीचको निरन्तर हिंसात्मक गतिबिधि स्वीकार गर्न नसक्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह