फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण सुडानमा रहेका चिनियाँ नागरिक र संस्थाको सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक कदम चाल्ने चीनको परराष्ट्र मन्त्रालयको भनाई

(GMT+08:00) 2013-12-24 18:34:04

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङ्गले परराष्ट्र मन्त्रालय र दक्षिण सुडानस्थित चिनियाँ राजदुताबासले निरन्तर विकसित दक्षिण सुडानको पछिल्लो परिस्थितिप्रति निगरानी गर्नुका साथै आवश्यक कदम चालेर त्यहाँ रहेका चिनियाँ नागरिक तथा संस्थाहरूको सुरक्षा र उचित हक-अधिकारको प्रत्याभूति दिने कुरा बताउनुभएको छ।

           चौब्बीस तारिखका दिन पैचिङ्गमा बोल्दै उहाँले यस्तो भनाइ सार्वजनिक गर्नुभएको हो।

          हाल दक्षिण सुडानको परिस्थिति चर्कंदैआएको सन्दर्भमा चीनको परराष्ट्र मन्त्रालय र दक्षिण सुडानस्थित राजदूताबासले सुरक्षाका सुझाव प्रस्तुत गरी निकट भविष्यमा दक्षिण सुडानतर्फ नजान चिनियाँ नागरिकलाई आग्रह गरेको छ। यसबाहेक दक्षिण सुडानस्थित चिनियाँ राजदुताबासले आपतकालीन व्यवस्थाको आरम्भ गरी त्यहाँका चिनियाँ नागरिक र संस्थाको सुरक्षा प्रत्याभूतिलाई मजबुत पार्न दक्षिण सुडानका विभिन्न पक्षलाई पनि आग्रह गरेको छ।

              प्राप्त जानकारीअनुसार, बदलिंदा परिस्थितिका बीच हालसम्ममा कुनै पनि चिनियाँ नागरिक हताहत भएको प्रतिवेदन प्राप्त भएको छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह