फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी उच्चस्तरीय अदालतद्वारा मुशर्रफको मुद्दालाई सैन्य अदालतमा सार्न अस्वीकार

(GMT+08:00) 2013-12-24 18:34:27

           पाकिस्तानी भूतपूर्व राष्ट्रपति पर्वेज मुशर्रफद्वारा प्रस्तुत सैन्य अदालतबाट आफ्नो अभियोगको छानबिन गर्ने आग्रहलाई पाकिस्तानको इस्लामाबादस्थित उच्च स्तरीय अदालतका न्यायाधीश रइज मोहमद खानले 23 तारिखका दिन अस्वीकार गर्नुभएको छ। उहाँका अनुसार, विशेष अदालतसँग मात्र मुशर्रफको राजद्रोह अपराधको छानबिन गर्ने अधिकार रहेको छ।

          मुशर्रफको वकिलले 21 तारिख इस्लामाबाद उच्च-स्तरीय अदालतसमक्ष आवेदन पेश गरेर मुशर्रफको राजद्रोह अभियोगसम्बन्धी विशेष अदालतको छानबिन कार्यक्रम स्थगित गर्न आग्रह गरेको थियो। आवेदन-पत्रमा सन् 2007मा पाकिस्तानी स्थल सेनाको प्रमुखको हैसियतमा मुशर्रफले सङ्कटकाल लगाएकाले सैन्य अदालतले छानबिन गर्नुपर्ने कुरा उठाइएको छ।

           नोभेम्बर 17 तारिखका दिन मुशर्रफलाई राजद्रोहको अभियोग लगाएको हो। त्यस लगत्तै तीन सदस्यद्वारा गठित विशेष अदालत स्थापना गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह