फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जहाज प्रमुखको यसपटकको मुख्य कार्यसूची

(GMT+08:00) 2013-12-24 18:35:09

          "सन्2013 जहाजका प्रमुख व्यस्त हुनुहुन्छ"भन्ने वाक्यले यसै वर्षको चीनको नौ सेनाको जिम्मेवारीबारे व्याख्या गर्नसक्छ। जहाजका प्रमुखहरुको कार्यसूचीबाट हेर्दा यस वर्ष चिनियाँ नौ सेनाको तालिम क्षेत्र समुद्री तटवर्ती क्षेत्रबाट लगातार सुदूर समुद्री क्षेत्रसम्म परिवर्तन गरेको देखिन्छ। सुदूर समुद्री क्षेत्रमा प्रवेश गर्नु वर्तमान चिनियाँ नौ सेनाको वास्तविक युद्ध तालिममध्येको एक स्थायी कार्यक्रम बनेको छ।

            सन्2013को बसन्त ऋतुको प्रारम्भिक अवधिमा जहाज प्रमुख ल्यु चङ्ग हु र उहाँको नेतृत्वमा रहेको चीङ्ग काङ्ग शान जहाज दक्षिण चिनियाँ समुद्री क्षेत्र र पश्चिमी प्रशान्त महासागरमा तालिमको कार्यभार बहन गर्नका लागि तयारी भइसकेको छ। चीङ्ग काङ्ग शान जहाज चीनको नौ सेनाको सबैभन्दा नयाँ जल तथा स्थल डक प्रवेश जहाज एम्फिबियस डक ल्याण्डीङ्ग जहाज हो।

              विशाल पश्चिमी प्रशान्त महासागर एशिया-प्रशान्त क्षेत्रका धेरैजसो मुलुकका नौ सेनाको प्राकृतिक तालिम स्थल हो। अमेरिका भारत सहित विशेष गरी भियतनामले पनि यस समुद्री क्षेत्रमा पटक पटक तालिमको आयोजना गर्ने गरेका छन्। पश्चिमी प्रशान्त महासागरमा सुदूर तालिमको आयोजना चिनियाँ नौ सेनाले सुदूर समुद्री क्षेत्रको आविष्कार गर्ने विषयलाई साटफेर गर्दैन भन्ने एक कार्यक्रम बनेको छ। उक्त अठार दिने सुदूर समुद्री तालिममा चिनियाँ नौ सेनाले वायु प्रतिरक्षा, समुद्री मैत्री लडाकु उद्धार आदि तालिम कार्यक्रम गर्दछ।

            चिनियाँ नौ सेनाको उक्त तालिमबारे स्वदेशी तथा विदेशी सञ्चार माध्यमहरुले उच्च प्राथमिकताका साथ जोड दिएको देखिएको छ। अन्तर्राष्ट्रिय समाजलाई सबैभन्दा आश्चर्य लागेको कुरा भनेको चिनियाँ नौ सेनाले अझ बढी बाक्लोपन तथा बलियोपनका साथ यस क्षेत्रमा तालिमको आयोजना गर्नु हो। सम्बन्धित तथ्याङ्कअनुसार सन्2013को डिसेम्बरसम्म चिनियाँ नौ सेनाले जम्मा नौ वटा सुदूर समुद्री तालिम गरेको छ। यसप्रति चीन काङ्ग शान जहाजका प्रमुख ल्यु चङ्ग हुले अगाडि भन्नुभयो: "ब्याक टु ब्याक "हाल केही वर्षयता चिनियाँ फौजले वास्तविक युद्ध तालिमलाई मजबुत बनाउने क्रममा थुप्रै पटक देखिएको शब्द हो। यस शब्दको अर्थ भनेको तालिममा भाग लिने दुई टोलीले अन्य सम्बन्धित सूचना तथा परिचय सम्पूर्ण रुपमा नपाएको खण्डमा उच्च बलियो प्रतिद्वन्दिता सामना गर्ने एक सैनिक कार्यक्रम हो। यस वर्षको अक्टोबरमा चिनियाँ नौ सेनाले पहिलो पटक पश्चिमी महासागर समुद्री क्षेत्रमा "कार्यक्रम नम्बर 5" नामक ब्याक टु ब्याक सुदूर तालिम गरेको थियो।

             यसका अतिरिक्त यस वर्षको जुलाईमा चीन र रुसबीचको "समुद्री संयुक्त तालिम,2013" रुसको सेन्ट पत्रुस खाडीमा भएको छ। यी दुबै मुलुकका नौ सेनाबीचको दोस्रो संयुक्त तालिम मात्र नभई उक्त समुद्री संयुक्त तालिम चिनियाँ सेनाले बहु क्षेत्रका सेना तथा जहाज टोलीलाई विदेशमा पठाइ संयुक्त सैनिक अभ्यासमा भाग लिन लगाएको पनि पहिलो पटक हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह