फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष र जापानका भूतपूर्व प्रधानमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2013-12-24 18:36:51

         चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ्ग शङ्गले 24 तारिखका दिन पैचिङ्गमा वैदेशिक मैत्री परिषद चीनको निमन्त्रणामा आउनुभएका जापानका भूतपूर्व प्रधानमन्त्री हातोयामा युकीओसँग भेटवार्ता गर्नुभएको छ।

         भेटवार्तामा अध्यक्ष युले चीन र जापानबीचको चार राजनैतिक दस्तवेजको आधारमा "इतिहासबाट शिक्षा लिई भविष्यतर्फ उन्मूख"विषयक भावनाबमोजिम यी दुबै मुलुकबीचको रणनैनिक पारस्परिक सम्बन्धको विकास गर्दै जाने चीनको अडान दोहोल्याउनुभएको छ।

         जापानी पूर्व प्रधानमन्त्री हातोयामाले जापान र चीनबीचको स्थायी राजनैतिक आदानप्रदान सुरु भएदेखि यता सबैभन्दा गम्भीर परिस्थितिका सामु यी दुबै पक्षले आ-आफ्ना जनतालाई ऐतिहासिक वास्तविकता जानकारी दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह