फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेललाई 24 सै घण्टा खुलाइने

(GMT+08:00) 2013-12-25 18:50:40

        पर्यटकीय नगरी ठमेलक्षेत्रलाई 24 सै घण्टा खुला राख्न ठमेल पर्यटन विकास परिषदले आवश्यक पहल गरेको छ। मेरी क्रिसमस तथा नयाँ वर्ष सन् 2014 को अवसर पारेर ठमेलक्षेत्र खुला राख्ने पहल भएको हो।

        परिषद्का अध्यक्ष रामशरण थपलियाले ठमेलक्षेत्रमा आउने आन्तरिक तथा वाह्यि पर्यटकहरुको इच्छा र चाहना तथा पर्यटन ब्यवसायीहरुको सल्लाह अनुरुप ठमेललाई 24सै घण्टा खुला राख्न आफूले पहल गरेको बताउनुभयो।

         क्रिश्चियन धर्मालम्वीहरुको महत्वपूर्ण चाड क्रिसमसको शुभसन्ध्या मंगलवार ठमेल राति 2 वजेसम्म खुला रहने छ, उहाँले परिषद्द्वारा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ठमेलक्षेत्र रात्री अबेरसम्म खुला राख्ने विषयमा यो 'ट्रायल' समय हो।

         यसबाट सकारात्मक प्रतिक्रिया आए ठमेल रात्री 2 वजेसम्ममा मात्र नभइ 24 अ‍ैं घण्टा खुल्न सक्ने उहाँले बताउनुभयो। ठमेलको सुरक्षाका लागि सोलर जटित वत्ती र सिसी क्यामेरा जडान गर्ने, सडक मर्मत तथा कालोपत्रे गर्ने, सडक बालबालिकालाई पुनस्र्थापना गर्ने जस्ता कार्य भइरहेको थप जानकारी उहाँले दिनुभयो।

         प्रत्येक वर्ष झै यस वर्षपनि क्रिसमस तथा नयाँ वर्ष 2014 लाई भब्यताका साथ सम्पन्न गर्न ठमेललाई सजिसजाउ गर्ने तथा मजवुत र प्रभावकारी सुरक्षाब्यवस्था मिलाइएको परिषद्ले जनाएको छ। क्रिसमस र नयाँ वर्षको दिन ठमेल रात्री 2 वजेसम्म पूर्ण रुपमा खुला रहनेछ।

         यसअघि ठमेलक्षेत्रका रात्रिकालिन ब्यवसायहरुमा डिस्को थेक र लाउन्ज वारहरु मात्र राति 2 वजेसम्म खुल्न पाउँथे। क्रिसमस इभको रात भने सबै ब्यवसाय खुला रहने छन्। परिषदले क्रिसमस इभमा सहभागी हुन सबैलाई आशवान समेत गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह