फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको राष्ट्रिय कृषि गणना तथ्याङ्क सार्वजनिक

(GMT+08:00) 2013-12-25 18:51:24
               राष्ट्रिय कृषि गणना 2068 को तथ्यांक मंगलबार सार्वजनिक गरिएको छ। केन्द्रीय तथ्यांक विभागले एक कार्यक्रम गरेर कृषि गणनाको नयाँ तथ्यांक सार्वजनिक गरेको हो।

              2018 सालबाट शुरु भएको कृषि गणना प्रत्येक 10-10 वर्षमा हुने गरेको छ। सार्वजनिक तथ्यांकअनुसार अन्नबालीको संख्यामा धेरै कमी आएको छ। कृषि प्रधान देशको रुपमा रहेको नेपालमा 2058 यता कुखुरा र बाख्राको संख्या बढेको जनाइएको छ।

            तथ्यांक विभागले सार्वजनिक गरेको विवरणमा कृषकहरु सबैभन्दा बढी बाख्रा पालनका आकर्षित भएको देखाएको छ। मासुका लागि सबैभन्दा बढी माग रहेको खसीको मासुका लागि कृषकहरु बाख्रा पालनतर्फ आकर्षित भएको तथ्यांकले देखाएको हो। कृषि गणनाको तथ्यांकमा बाख्राको संख्या 10 वर्षमा 59 प्रतिशतले बढेको जनाइएको छ।

          मासुका लागि खसीकै हाराहारीमा माग रहेको कुखुराको संख्या पनि 10 वर्षमा झण्डै 50 प्रतिशतले बढेको छ। 10 वर्षयता देशमा कुखुराको संख्या 49 प्रतिशतले बढेको विवरण सार्वजनिक गरिएको हो। त्यसैगरी मासुका लागि पालन हुादै आएको सुागुर/बंगुरको संख्या पनि 30 प्रतिशतले बढेको छ। भेडाको संख्या 29 प्रतिशतले बढेको छ।

             यसैबीच केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको कृषि गणना 2068 को तथ्यांकमा अन्न बाली घटेको उल्लेख छ। विभागका अनुसार 2058 को तुलनामा 2068 मा अन्न बालीमा 9प्रतिशतले कमी आएको छ। विभागका अनुरार धान र गहुाबाली 6 प्रतिशत, मकैबाली 15 प्रतिश, कोदोबाली 19 प्रतिशत, फापरबाली 40 प्रतिशत, कोशे/दलहनबाली 21 प्रति र तोरीबाली 13 प्रतिशत घटेको छ।

            फलफूलमा पूर्वी नेपालका पहाडी जिल्लाहरुमा धेरै फल्ने सुन्तलाबालीको संख्या पनि बृद्दि भएको छ। सुन्तलाले राम्रो आम्दानी दिन थालेपछि कृषकहरुले सुन्तला खेति विस्तार गर्ने क्रम जारी छ। 10 वर्षयता सुन्तलाबालीको संख्यामा 46 प्रतिशतले बढेको छ।

            त्यसैगरी केराबालीको संख्या पनि 56 प्रतिशतले बढेको छ। 10 वर्षयता स्याउखेति बढेको तथ्यांक बाहिर आएको छ। स्याउबालीको संख्यामा 24 प्रतिशतले बृद्दि भएको छ।

            जुनार, कागती र आँपबालीको संख्यामा भने कमी आएको छ। सबैभन्दा बढी जुनारबालीको संख्यामा 61 प्रतिशतले कमी आएको छ। त्यसैगरी कागतीबाली पनि 37 प्रतिशले घटेको छ। आँपको संख्या 3 प्रतिशतले घटेको अनलाईन खबरले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह