फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत र पाकिस्तानबीच कश्मिर युद्ध विराम सन्धि वार्ता

(GMT+08:00) 2013-12-25 18:52:20

         भारत र पाकिस्तानका सैन्य अधिकारीले 24 तारिख भारतीय पञ्जाब प्रदेश तथा पाकिस्तानी पञ्जाब प्रदेश जोडिएको सीमावर्ती नाकामा वार्ता गरेका छन्। दुवै पक्षले कश्मिर क्षेत्रमा युद्ध विराम सन्धि कायम राख्न स्वीकारेका छन्।

          भारतीय सञ्चार माध्यमका अनुसार, दुइ पक्षले कश्मिर युद्ध विराम सन्धिको अवस्थाबारे छलफल गर्दै वर्तमान युद्ध विराम व्यवस्थामा "नयाँ बुँदा थप्ने" स्वीकार गरेका छन्।

          चालू वर्ष यता भारत र पाकिस्तानले एक अर्कामाथि सीमा क्षेत्रमा धेरै मतभेद खडा गरी आपसी युद्ध विरामको उल्लंघन गरेको भन्दै आलोचना गरेका छन्। कश्मिर युद्ध विराम सन्धिसम्बन्धी सैन्य अधिकारीबीचको 14 वर्षसम्म स्थगित वार्ता पुनःसुरु गर्न दुइ मुलुकका प्रधानमन्त्रीले सेप्टेम्बरमा मतैक्य प्राप्त गरेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह