फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ग्रामीण क्षेत्र कार्यसम्बन्धी बैठक

(GMT+08:00) 2013-12-25 18:53:02

          चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ग्रामीण क्षेत्र कार्यसम्बन्धी बैठक यसै डिसेम्बर 23देखि 24तारिखसम्म पैचिङ्गमा आयोजना भयो। उक्त बैठकका अनुसार चीनले राष्ट्रिय अन्नपातको सुरक्षाको प्रत्याभूति र कृषकको आम्दानीलाई प्रवर्द्धन गर्नुलाई केन्द्रीय दायित्वको रुपमा लिनेछ।

            चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक व्युरोका सात स्थायी सदस्य सबै उक्त बैठकमा भाग लिएका थिए। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङ्ग र राज्य परिषका प्रधानमन्त्री ली ख छ्याङ्गले कृषि व्यवसाय,ग्रामीण क्षेत्र र कृषकलाई निकै जोड दिई बेग्ला बेग्लै सम्बन्धित आग्रह र खास बन्दोबस्तीका कदम प्रस्तुत गर्नुभएको छ। यसप्रति कृषि समस्या सम्बन्धी विशेषज्ञ,राज्य परिषदअन्तर्गत विकास अनुसन्धान केन्द्रका पदाधिकारी छङ्ग क्वो छ्याङ्गले भन्नुभयो: उक्त बैठकबाट चीनको केन्द्रीय समितिले कृषि व्यवसायलाई चीनको विकासमा एक कडीका रुपमा स्थापित गरेको छ। तीन कृषि समस्या अर्थात् ग्रामीण क्षेत्र,कृषक,कृषि व्यवसाय सम्बन्धी समस्यालाई सारा चिनियाँ कम्युनिष्ट पार्टीको कार्यमा मुख्य स्थानमा राखिनुपर्छ।

            एक अर्ब तीन करोडभन्दा बढी जनताको खाद्यान्न समस्याको समाधान गर्नु नै सारा विश्वमा सबैभन्दा बढी जनसंख्या भएको मुलुक चीनको सत्तारुढ पार्टी र सरकारको दीर्घकालीन महाकार्य हो। गत दश वर्षभित्र चीनको अन्नपातको उत्पादन लगातार वृद्धि क्रम कायम राख्दै आएको देखिन्छ। जसबाट ती विशाल जनसंख्याको खाद्य अधिकारलाई प्रत्याभूति गरेको मात्र नभई सारा विश्वको खाद्य सुरक्षाका लागि योगदान पनि गर्दछ। यस्तो प्रष्ठभूमिमा आयोजित उक्त बैठकले अन्नपातको आधारभूत आपूर्ति र सम्पूर्ण सुरक्षालाई प्रत्याभूति गर्ने स्पष्ट आग्रह प्रस्तुत गरेको छ। यसप्रति पदाधिकारी छङ्ग क्वो छ्याङ्गले अगाडि भन्नुभयो: उक्त बैठकले अन्नपातको आधारभूत स्वआपूर्तिलाई निकै जोड दिएको छ। साथै अन्नपातको सम्पूर्ण सुरक्षा भनेको सबै जनताले उपभोग गर्ने अन्नपात स्वदेशमै उत्पादन गरिने भन्ने हो जसबाट खाद्यान्न सम्बन्धी सुरक्षाको सवाललाई आफ्नै जिम्मेवारीमा कायम राख्न सकिनेछ।

             यस बैठकमा कृषि उपजको गुणस्तर र खाद्यान्नको सुरक्षालाई विशेष जोड दिइएको देखिन्छ। सबैभन्दा गम्भीर मापदण्ड,निगरानी तथा व्यवस्थापन र सम्बन्धित आपराधिक गतिविधिलाई उचित रुपमा दण्डित गर्ने परिपाटीको विकास गरिनुपर्छ। यसप्रति चीनको सामाजिक तथा बैज्ञानिक प्रतिष्ठानअन्तर्गत ग्रामीण क्षेत्रको विकास अनुसन्धान व्युरोका अनुसन्धानकर्ता ली क्वो श्याङ्गले सर्वसाधारणको खाद्य अधिकार सम्बन्धी सुरक्षालाई प्रत्याभूति दिएबाट चीनको सत्तारुढ पार्टी र सरकारले खाद्य सुरक्षालाई निकै जोड दिएको प्रतिबिम्बित भएको कुरा व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो: खाद्य पदार्थको गुणस्तर र खाद्य सुरक्षाको प्रत्यभूति गर्ने माग धेरै वर्षदेखि निरन्तर हुँदै आएको छ। सबैले खाद्य सुरक्षाको महत्व र आवश्यकताबारे जानकार रहनुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह