फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण सुडानको भिडन्तबाट हजारौंको मृत्यु भएको संयुक्त राष्ट्र संघको ठहर

(GMT+08:00) 2013-12-25 18:53:33

           मानवीय मामिला सम्बन्धी संयुक्त राष्ट्र संघका एकजना उच्चायुक्त कमिश्नरले चौब्बीस तारिखका दिन दक्षिण सुडानमा तिबेका लगभग दुई हप्तासम्म चलिरहेको हिंसात्मक भिडन्तबाट सम्भवत: हजारौं मानिसको ज्यान गएको हुनसक्ने ठहर गर्नुभएको छ। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले सोहि दिन मतदानद्बारा अस्थायी रुपमा दक्षिण सुडान सम्बन्धी राष्ट्र संघीय विशेष टोलीका सदस्यको सङख्यालाई तेह्र हजार आठ सयसम्म थप्ने अर्थात् त्यहाँ थप छ हजार जति सहायताकर्मीलाई पठाउने निर्णय पनि गरेको छ। त्यसबाट स्थानीय सर्वसाधारणको जीउधनको सुरक्षा गर्न र मानवीय सहायता दिन सकिनेछ।

          संयुक्त राष्ट्र संघमा कार्यरत् मानवीय मामिला सम्बन्धी उच्चायुक्त कमिश्नर नाभी पिल्लाईले चौब्बीस तारिखका दिन दक्षिण सुडानमा मानव अधिकारको गम्भीर उल्लंघन गरिएको काण्डप्रति चिन्ता व्यक्त गर्नुभएको छ।

          केही समयअघि दक्षिण सुडान सरकार तथा संयुक्त राष्ट्र संघद्बारा उपलब्ध गराइएको तथ्याङ्कका अनुसार दक्षिण सुडानको सशस्त्र भिडन्तबाट झण्डै पाँच सयजनाको मृत्यु भएको छ। तर जनमतका अनुसार वास्तविक मृत्यु सङ‌ख्या त्योभन्दा निकै बढी भएको बुझिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह