फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंग्लादेशको राना भवन दुर्घटनाका पीडितहरूलाई विदेशी कोषको भुक्तानी दिइने

(GMT+08:00) 2013-12-25 18:53:57

          बंग्लादेशी "द डेली स्टार"वेभसाइटले जनाएअनुसार, हाल स्पेन, बेलायत, क्यानडा र आयरल्याण्डका चारवटा प्रसिद्ध अन्तर्राष्ट्रिय खुद्रा बिक्री व्यवसाय तथा केही श्रमिक संगठनले संयुक्त रुपमा चार करोड अमेरिकी डलर बराबरको भुक्तानी कोषको स्थापना गर्ने भएका छन्। त्यसबाट बंगलादेशको राना सपिङ्गसेन्टर भत्किएर भएको दुर्घटनाका प्रभावित पीडितहरुलाई क्षतिपूर्ति दिन सकिनेछ।

          यसै वर्षको अप्रिल चौब्बीस तारिखका दिन बंग्लादेशको राजधानी ढाकास्थित राना सपिङ्गसेन्टर ढल्दा मानवीय तथा भौतिक क्षति भएको थियो। त्यस भवनमा जम्मा पाँच वटा लुगा कारखाना रहेका थिए। तर आठ महिना अर्थात् डिसेम्बर चौब्बीस तारिखसम्म उक्त दुर्घटनामा घाइते भएका कामदार र मृतकका परिवारले आवश्यक भुक्तानी प्राप्त गरेका छैनन्।

         प्राप्त जानकारीअनुसार, उक्त नयाँ कोषबाट लाभान्वित हुने खण्डमा प्रत्येक मृतकको परिवारले झण्डै पच्चीस हजार अमेरिकी डलरको भुक्तानी रकम प्राप्त गर्नसक्नेछ। घाइतेहरूले पनि विभिन्न स्तरको क्षतिपूर्ति प्राप्त गर्न सक्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह