फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा मरुभूमिकरण हुने जग्गाको क्षेत्रफल साठी हजार हेक्टरले कम हुँदै

(GMT+08:00) 2013-12-25 18:54:46

          हाल तिब्बतमा विभिन्न प्रकारका मरुभूमिकरण हुँदै गरेका जग्गाको क्षेत्रफल 2 करोड16 लाख 18 हजार6 सय हेक्टर पुगेको छ। त्यसले तिब्बत जमिनको कूल क्षेत्रफलको अठार प्रतिशत भाग ओगटेको छ। सन् 2004को निगरानी तथ्याङ्कको दाँजोमा हाल मरुभूमिकरण हुने जग्गाको क्षेत्रफल 65 हजार 7 सय हेक्टरले घटेको देखिन्छ। तिब्बतमा मरुभूमिकरण हुने जग्गा विस्तार हुने परिधिको प्रारम्भिक रुपमा नियन्त्रण गरिएको छ।

          बितेका दश वर्षयता तिब्बतमा दक्षिण-पूर्वी भागको बालुवा प्रतिरोधात्मक परियोजना, खेत जग्गाको सट्टा बन लगाउने परियोजना, पशुपालन मैदानको सट्टा घाँस लगाउने परियोजना, तिब्बतको पर्यावरणीय सुरक्षा पेटीको सँरक्षण र निर्माण परियोजना तथा भूक्षयको मिलीजुली नियन्त्रण परियोजना लगायतका दशभन्दा बढी पुन:निर्माण परियोजना लागू भइरहेको छ। ती परियोजनाबाट मरुभूमिकरण हुने जग्गाको क्षेत्रफललाई घटाइएको छ।

            राष्ट्रिय पर्यावरणीय सुरक्षित पेटीको निर्माणका लागि तिब्बतको बनस्पति विभागले सन् 2020हुनुअघि 2 लाख72हजार हेक्टरको मरुभूमिकरण हुने जग्गाको नियन्त्रण गर्ने लक्ष्यलाई साकार तुल्याउनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह