फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवनको सौराहामा पर्यटक आकर्षित गर्न 25 प्रतिशतसम्म छुट प्याकेज

(GMT+08:00) 2013-12-26 18:30:50

          पर्यटनका लागि बेमौसमको रुपमा चिनिने अहिले चितवनको सौराहामा पर्यटक आकर्षित गर्न स्थानीय व्यवसायीहरुले 25 प्रतिशतसम्मको छुट प्याकेजका कार्यक्रमहरु ल्याएका छन्।

         उनीहरुले यो समयमा सौराहामा पर्यटक कम आउने भएकाले आएका पर्यटकको बसाइँलाई लम्ब्याउन विशेष छुटको व्यवस्था गरेको जनाएका छन्। पाँच दिनसम्म खान र बस्नमा 25 प्रतिशतसम्म छुट दिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो। छुट क्रिसमसदेखि सुरु भई अङ्ग्रेजी नयाँ वर्ष जनवरी 1 सम्म रहने उहाँले जानकारी दिनुभयो।

          यही पुस 11 गतेदेखि सौराहामा हात्ती दौड प्रतियोगितालगायत विभिन्न कार्यक्रमसमेत हुन लागेकाले पर्यटकलाई ध्यानमा राखेर छुटको व्यवस्था गरिएको व्यवसायी गिरीधारी चौधरीले बताउनुभयो।

        उहाँका अनुसार विगत वर्षहरुमा यो समयमा सौराहामा पर्यटक आगमन शून्य भएकाले कर्मचारीलाई घर बिदामा पठाउनुपर्ने अवस्था भएपनि अहिले त्यो अवस्था भने छैन। तर पर्यटक कम आउने भएकाले नयाँ योजनाका साथ छुटको व्यवस्था गरिएको हो।

           करिब 100 वटा ठूला होटल र दुई दर्जन बढी रेस्टुरेंन्ट रहेको सौराहामा दैनिक दुई हजार 500 पर्यटक बस्न सक्ने क्षमता छ। त्यहाँ पुग्ने पर्यटक हात्ती सफारी, जङ्गली जनावरको अवलोकन, थारु संस्कृति अवलोकन तथा राप्ती नदीको मनोरम वातावरणमा रमाउन मन पराउँने खबर गोरखापत्र अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह