फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खाडी मुलुकमा ओमानमा नेपालको आवासीय राजदूतावास

(GMT+08:00) 2013-12-26 18:33:38

         खाडी मुलुकमा ओमानमा हालै स्थापित नेपालको आवासीय राजदूतावासको उद्घाटन गरिएको छ।

         ओमान भ्रमणमा रहनुभएका परराष्ट्रसचिव अर्जुनबहादुर थापाले बुधबार मस्कटस्थित राजदूतावासको पानसमा बत्ति बालेर औपचारिक उद्घाटन गर्नुभयो।

          उद्घाटनसँगै राजदूतावासमा आयोजित बिशेष कार्यक्रममा ओमानका बरिष्ठ सरकारी अधिकारी, ब्यबसायी, ओमानस्थित बिदेशी नियोगका प्रतिनिधिहरु, नेपाली समुदायका प्रतिनिधि, गैरआवासीय नेपाली र ओमान भ्रमणमा रहनुभएका नेपालका उच्च सरकारी अधिकारीको सहभागिता थियो। ओमान भ्रमणमा रहनुभएका सचिव थापाले त्यसअघि ओमानका श्रम मन्त्रालयका सचिव मोहम्मद खामिस अल अम्रीसँग भेटवार्ता गर्नुभयो। सो अबसरमा ओमानमा नेपाली दक्ष र अर्धदक्ष कामदारका लागि रोजगारीका अबसर, उनीहरुको सुरक्षा लगायतका बिषयमा छलफल भएको थियो। सो अबसरमा सचिव थापाले दुई देशवीच राम्रो सम्बन्धका लागि श्रम सम्झौताको आबश्यकतामाथि जोड दिनुभएको ओमानका लागि नेपालका कार्यवाहक राजदूत झविन्द्र अर्यालले जानकारी दिनुभयो।

          ओमानी श्रम सचिवले नेपालका कामदारको इमान्दारिता, जवाफदेहिता र मेहनतिपनको प्रसंसा गर्दै ओमानको अर्थतन्त्रमा नेपाली कामदारले ठूलो योगदान दिएको चर्चा गर्नुभएको थियो। परराष्ट्र सचिव थापाले नेपाली कामदारका लागि अबसर दिएकोमा ओमान सरकारलाई धन्यवाद दिनुभयो।

           त्यसलगत्तै सचिव थापाले ओमान च्याम्बर अफ कमर्सका अध्यक्ष लगायतको टोलीसँग भेटवार्ता गरि रोजगारी, दुईपक्षीय ब्यापार, लगानी र पर्यटन प्रर्बद्धनका अबसरबारे छलफल गर्नुभयो।

             भेटका अबसरमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, ओमानका लागि कार्यवाहक नेपाली राजदूत झविन्द्र अर्याल, श्रम मन्त्रालयका सहसचिव बुद्धिबहादुर खड्काको पनि उपस्थिति रहेको अनलाईन खबरले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह