फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन्2013 मा चीनको कूटनीतिको पूनरावलोकन

(GMT+08:00) 2013-12-26 18:34:20

        निकट भविष्यमा सकिनै लागेको वर्ष सन्2013को पूनरावलोकन गर्दै चीनले आफ्नो कूटनीतिक समीक्षा पनि सुरु गरेको छ। ठूलो मुलुकसँगको सम्बन्धको समाधान,वरिपरी छिमेकी मुलुकसँगको कूटनैतिक सम्बन्धको विकास वा केही महत्वपूर्ण समस्यामा गरेको प्रतिक्रियाबाट हेर्दा चीनको नवनियुक्त सरकारले कूटनैतिक मामिलामा श्रृङ्खलावद्ध उल्लेखनीय र सफल उपलब्धि पेश गरेको देखिन्छ। नयाँ युगमा चीनको चौतर्फी कुटनैतिक प्रारुप क्रमशः स्थापना भएको छ।

           यस वर्षको मार्चमा चीनको नयाँ सरकार गठन भएपछि राष्ट्राध्यक्ष सी चिन फिङ्ग र प्रधानमन्त्री ली ख छ्याङ्गले एकपछि अर्को गरी सात वटा विदेशी मुलुकको भ्रमण गर्नुका साथै 64 विदेशी नेतागणको चीन भ्रमणलाई स्वागत गर्नुभएको छ। यी कूटनैतिक कार्यक्रममा चीन र विभिन्न मुलुकले लगभग आठ सय सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेका छन्। यसप्रति चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले सन्2013 मा चीनको कूटनीतिलाई "प्रथम योजना, सक्रिय प्रयास, बहनको भावना, नवीनताको आविष्कार"भन्ने वाक्यमा व्याख्या गर्नुभएको छ। उहाँले यसरी भन्नुभयो: सन्2013 मा चीनको कुटनैतिक मामिलाका लागि एक विशेष वर्ष रह्यो। चीनको परम्परागत कूटनीति र नियमबाट उत्तराधिकार गरेर राष्ट्राध्यक्ष सी चिन फिङ्गको नेतृत्वमा रहेको केन्द्रीय समितिले चीनको कुटनैतिक मामिलाको असल अवस्थालाई प्रवर्द्धन गरेको छ।

            सन्2013 ठूलो मुलुकसँग सम्बन्धको विकासका सन्दर्भमा चीनले सक्रिय प्रतिक्रिया देखाएको छ। रुस चिनियाँ नयाँ राष्ट्राध्यक्षको विदेशी भ्रमणको पहिलो गन्तव्य मुलुक बन्यो जसबाट यी दुबै मुलुकबीचको सम्बन्ध चीन र विदेशी मुलुकसँगको सम्बन्धमा प्रथम स्थान लिएको अभिव्यक्त भएको छ। ध्यानाकर्षित अमेरिकासँगको सम्बन्धको समाधान सम्बन्धी विषयमा राष्ट्राध्यक्ष सी चिन फिङ्ग र अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको नीजि भेटवार्ता एक नयाँ सुरुवातको रुपमा देखापरेको छ। यसप्रति पैचिङ्ग विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक ये ची छङ्गले अगाडी भन्नुभयो: चीनले शान्तिपूर्ण विकास तथा साझा फाइदाका सवालमा दृढ रुपमा आफ्नो अडान लिँदै आएको छ। उक्त अडानबमोजिम अन्य मुलुकको हितलाई ध्यान राखी संयुक्त सुरक्षालाई केन्द्रको रुपमा लिनुपर्छ।

              सन्2013मा वरिपरी मुलुकसँगको कुटनैनिक प्रतिक्रिया इतिहासमा सबैभन्दा बढी देखिएको छ। गत अक्टोबरमा चीनले नयाँ चीन स्थापना भएदेखि पहिलो पटक वरिपरीका मुलुकसँगको कुटनैतिक मामिला गोष्ठीको आयोजना गरेको थियो। उक्त गोष्ठीले "मैत्रीपूर्ण, सदिच्छापूर्ण, हितकर, समावेशी" भन्ने नयाँ दिशा निर्देश नीति प्रस्तुत गरेको छ। यसप्रति चीनको अन्तर्राष्ट्रिय मामिला अनुसन्धान व्युरोका प्रमुख छ्वु सिङ्गले भन्नुभयो: छिमेकीहरुसँग सबैभन्दा बढी अवसर रहेतापनि चुनौती पनि सबैभन्दा बढी देखिन्छ। नयाँ सरकारी दलको धेरै महत्वपूर्ण कूटनैतिक कदम वरिपरीका क्षेत्रसित सम्बन्धित छ।

            सन्2013को पूनरावलोकन गर्दा सिरियाली परिस्थिति होस् वा इरानको आणविक वार्तामा चीनले सक्रिय मध्यस्थताका गतिविधि गरेको छ। "चीनको भूमिका"बाट झन झन बढी अन्तर्राष्ट्रिय समाजको नजर आकर्षित भएको छ। महत्वपूर्ण समस्यामा चीनको प्रतिक्रियाले प्रशंसा पाएता पनि चिन्ता र शंका पनि जन्माएको छ। यसबारे चीनको अन्तर्राष्ट्रिय मामिला अनुसन्धान व्युरोका उप-प्रमुख रुआन जुङ्ग चले अगाडी भन्नुभयो: पहिलेभन्दा अझ बढी प्रतिक्रिया बढ्ने सिलसिलामा अन्तर्राष्ट्रिय समाजको शंका पनि बढ्दै छ। चीनले वास्तविक गतिविधिले अन्तर्राष्ट्रिय समाजको यी शंकालाई शिथिल पारेर पारस्परिक सम्झेदारीलाई प्रवर्द्धन गर्नुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह