फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माउ च तुङ्गको एक सय बीसौं स्मृतिमा चिनियाँ कम्युनिष्ट पार्टि केन्द्रीय समितिद्बारा गोष्ठीको आयोजना

(GMT+08:00) 2013-12-26 16:34:49

          चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले छब्बीस तारिख बिहान जन बृहत् सभा भवनमा एउटा गोष्ठीको आयोजना गर्दै माउ च तुङ्गको एक सय बीसौं जन्मजयन्तीको सम्झना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ्गले उक्त गोष्ठीलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

          ली ख छ्याङ्ग, चाङ्ग द च्याङ्ग, यु चङ्ग शङ्ग, वाङ्ग छी शान र चाङ्ग काउ लीको उक्त गोष्ठीमा उपस्थिति थियो। लिउ युन शानले गोष्ठीको अध्यक्षता गर्नुभएको थियो।

           गोष्ठी शुरु हुनुअघि सी चिन फिङ्ग, ली ख छ्याङ्ग, चाङ्ग द च्याङ्ग, यु चङ्ग शङ्ग, लिउ युन शान, वाङ्ग छी शान र चाङ्ग काउ लीले अध्यक्ष माउको स्मृत्ति भवनको उत्तरी हल पुगी माउ च तुङ्गको मूर्ति अघिल्तिर तीन पटक शिर झुकाउनुभएको थियो। त्यसपछि उहाँहरूले माउ च तुङ्गप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह